२७ असार २०८२, शुक्रबार

एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित

कोलोराडोखबर संवाददाता , July 11th, 2025

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको उल्लेख गर्नुभएको छ ।

विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीको भेलालाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विधान महाधिवेशनको तयारीमा नलागेर कार्यकर्ता पार्टीभित्र नै कित्ताकाट गरेर हिँड्ने नेता कार्यकर्तालाई पार्टीले नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो ।

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्