नेपाल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताएकी छन् ।
बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताएकी हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले यो कुरा भनिसकेको र पार्टी सदस्यता लिइसकेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्