२७ असार २०८२, शुक्रबार

बाढीपहिरोबाट धनजनको क्षति भएकाले राज्य संवेदनशील हुनुपर्छः माओवादी केन्द्र

कोलोराडोखबर संवाददाता , July 11th, 2025

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरोबाट ठुलो मात्रामा धनजनको क्षति भएकाले राज्य संवेदनशील हुनुपर्ने माग राखेको छ ।

माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकले रसुवागढी नाकालगायत देशैभर बाढीपहिरोले जनता पीडित भएकाले राज्यले उद्धार र राहतको कार्यमा तत्परता देखाउनुपर्ने सुझाव दिएको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले मनसुन सुरु भएलगत्तै देशैभर बाढीपहिरोले धनजनको क्षति पुर्‍याएकाले त्यसमा राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्