२० असार २०८२, शुक्रबार

आफूलाई स्पष्टीकरण नसोधेको रामकुमारी झाँक्रीको दाबी

कोलोराडोखबर संवाददाता , July 4th, 2025

नेपाल । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको बताएपछि पार्टीले सोधेको दाबी गरेको छ ।

उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको दाबी गरे । तर झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गर्दै बिहीबार बैठकमा बोल्न समय माग गरेकी थिइन् । तर महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या देखाउँदै बैठक स्थगित गरिएको हो । अर्को बैठक २२ गते ११ बजे बस्ने तय भएको छ ।

उनले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् । त्यही अभिव्यक्तिलाई लिएर पार्टीभित्र चर्को विवाद छ ।

प्रतिक्रिया दिनुहोस्