१९ असार २०८२, बिहीबार

नेतृत्वको बहस पूर्णतः रोक्न एमाले महासचिव पोखरेलको निर्देशन

कोलोराडोखबर संवाददाता , July 3rd, 2025

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णतस् रोक्न निर्देशन दिएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीको भर्चुअल बैठकमा उनले राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अव्थामा नेतृत्वको बहस पूर्णतः रोक्नुपर्छ भने ।

भदौ २०–२२ गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन महासचिवले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्