नेपाल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केही कम्युनिस्ट पार्टीहरू आफ्नो उद्देश्य बिर्सेर पुँजीवादी र सामन्तीहरूको चंगुलमा फसेको बताएका छन्।
मंगलबार जनकपुरधाममा नेकपा एसको धनुषा जिल्ला अधिवेशनको उदघाट्न समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विरोधीहरू हाम्रो विरोधमा लागेका छन् तर त्यसले केही हुँदैन। तपाईंहरू देश र जनताको हितमा काम गरिरहनुस् ।’
उनले आफूले नगरेको अपराधमा फसाउन खोजिएको समेत आरोप लगाए ।
साथै उनले मैले पूरै जीवन देशका लागि समर्पित गरेको बताउँदै पुँजीवादी र सामन्तीहरूको विरोधमा बिताएको बताए।
प्रतिक्रिया दिनुहोस्