८ असार २०८२, आईतवार

रास्वपा नेतृ तथा सांसद डा. तोसिमा कार्कीको अमेरिका भ्रमणमा

कोलोराडोखबर संवाददाता , June 22nd, 2025

कोलोराडो । नेपालमा देखिएको राजनीतिक अस्थिरता र विजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदमा कडा विरोध जनाइरहेका छन् ।

संसद अवरुद्ध गर्ने क्रममा रास्वपाका सबै सांसदहरू निलो स्कार्फ लगाएर मानव तस्करीविरुद्ध सांकेतिक रुपमा विरोध जनाइरहेका छन् ।

यसै विषयमा रास्वपा प्रवास नेपाली सम्पर्क समिति कोलोराडोले पनि ऐक्यबद्धता जनाउँदै हाल अमेरिका भ्रमणमा रहनुभएकी रास्वपा नेतृ तथा सांसद डा. तोसिमा कार्कीको प्रचार–प्रसारमा उनले लगाएको निलो स्कार्फको फोटो प्रयोग गर्दै सांकेतिक विरोध प्रदर्शन गरेको छ ।

सांसद कार्की अहिले अमेरिका भ्रमणको क्रममा हुनुहुन्छ र ५ वटा राज्यहरूमा ‘Meet and Greet’ तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्