८ असार २०८२, आईतवार

रास्वपाले मनायो तेस्रो स्थापना दिवस

कोलोराडोखबर संवाददाता , June 22nd, 2025

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ गते शनिबार तेस्रो पार्टी स्थापना दिवस मनाएको छ । रास्वपाले आज विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका अवसरमा रास्वपाले आज बिहान माइतीघरमा ‘सडक र संवाद’ भेला आयोजना गरेको थियो ।

भेलामा राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान समेत सुरु गरिएको रास्वपाले जनाएको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मतदाता, शुभेच्छुक सदस्य तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति आभार प्रकट गर्नुभएका छ ।

त्यस अवसरमा उहाँले समृद्ध र न्यायपूर्ण समाज निर्माणमा पार्टी निरन्तर अघि बढने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्