८ असार २०८२, आईतवार

चितवनमा भएको दुर्घटनामा ७ जनाको मृत्यु, १८ जना घाइते

कोलोराडोखबर संवाददाता , June 22nd, 2025

नेपाल । पूर्व पश्चिम राजमार्गको चितवनको डडुवामा शनिबार भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित डडुवामा धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख। ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ज। २९९ नम्बरको इभी गाडी ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने वर्ष ५५ को सोम प्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ बस्ने वर्ष ५३ का मैंयाकुमारी न्यौपाने पहाडी छन् । यस्तै, मृत्यु हुने ५ जनाको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा गर्भवती महिला पनि छन् ।

यस्तै , घाइतेहुनेहरूमा मकवानपुर हेटौँडा उपमहानगरपालिका ३ बस्ने वर्ष १६ को सक्षम थापा, मकवानपुर हेटौँडा उपमहानगरपालिका १२ बस्ने वर्ष ३२ को सिंहबिर घलान, मकवानपुर हेटौँडा उपमहानगरपालिका ४ बस्ने वर्ष ३१ को विष्णु लम्साल, मकवानपुर हेटौँडा उउपमहानगरपालिका ८ बस्ने वर्ष ३४ की गङ्गा घलान छन ।

यस्तै, झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल, झापा गौरादह नगरपालिका ९ बस्ने बस्ने वर्ष अन्दाजी ६७ को उमा बराल, कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने वर्ष ४८ को वीरबहादुर जैसी, रुकुम पश्चिम आठबिस्कोट नगरपालिका ९ बस्ने वर्ष ३० को सन्देश ओली छन् ।

दुर्घटनामा परी घाइते भएका १८ जनाको अहिले चितवनका विभिन्न अस्पतालमा उपचार भइरेहको छ ।

प्रतिक्रिया दिनुहोस्