नेपाल । प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् ।
बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट माथि छलफल चलिरहँदा रास्वपा सांसदहरुले नाराबाजी गरिरहेका छन् ।
बैठक सुरुभए लगत्तै आकस्मिक समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिपक्ष दलहरुको विरोधकै बीच संसद् अघि बढ्दा आफ्नो दलले बहिस्कार गर्ने बताउनुभएको थियो ।
आकस्मिक समयमा रास्वपा सांसद सन्तोष परियारले भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठनको माग दोहोर्याउनुभयो ।
रासस
प्रतिक्रिया दिनुहोस्