२४ जेष्ठ २०८२, शनिबार

सत्तापक्ष छानबिन गर्न सहमत, संसदको अवरोध केही दिनभित्रै हट्छः प्रचण्ड

कोलोराडोखबर संवाददाता , June 7th, 2025

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध केही दिनभित्रै हट्ने बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बालुवाटारमा बैठक गरेपछि बिस्तारै प्रगति भइरहेको उहाँको भनाइ छ । भरपर्दो छानबिनमा सरकारको प्रतिवद्धता आए संसदको अवरोध हट्ने बताए ।

उनले सत्तापक्ष छानबिन गर्न सहमत नै देखिएको तर छानबिन समिति बनाउने, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन गर्ने वा अन्य केही गर्ने भन्नेमा सहमति नभएको जानकारी दिए ।

अध्यक्ष दाहालले अख्तियारमा भिजिट भिसा प्रकरणमा छानबिन शुरु भएको हुनाले विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्