२४ जेष्ठ २०८२, शनिबार

मुस्लिम धर्मावलम्बीले शनिबार बकर इद पर्व मनाउँदै

कोलोराडोखबर संवाददाता , June 7th, 2025

नेपाल । मुस्लिम धर्मावलम्बीले शनिबार आफ्नो दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइँदै छन्।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ।

हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

यो पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ।

कुर्बानीको मासु तीन भागमा बाँडेर वितरण गरिन्छ। एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ। यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्