२४ जेष्ठ २०८२, शनिबार

अग्नि सापकोटाविरुद्ध अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न बाटो खुल्यो

कोलोराडोखबर संवाददाता , June 5th, 2025

नेपाल । पूर्वसभामुख एवं नेकपा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दामा सर्वोच्चले उत्प्रेषण आदेश जारी गरेको छ ।

संवैधानिक इजलासमा हेर्दा हेर्दैमा रहेको सो मुद्दामाथिको सुनुवाइ बुधबार सकिएसँगै आदेश आएको हो ।

अदालतको यो आदेशसँगै सापकोटामाथि काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा प्रहरीमाथि अनुसन्धान गर्न बाटो खुलेको छ । यसअघि २०६५ सालमा प्रचण्ड सरकारले सापकोटामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो ।

त्यस्तै २०६९ मा बाबुराम भट्टराईको सरकारले काभ्रे प्रहरीलाई मुद्दा मुल्तबीमा राख्न आदेश दिएको थियो । अब सापकोटा र काभ्रेका माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धानको बाटो सर्वोच्चले खोलिदिएको पूर्णिमायाका वकिल पुष्पराज पौडेलले नेपाल जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्