नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीयताविरोधीहरुको प्रयास सफल नहुने दाबी गरेका छन् ।
गोरखा जिल्लास्थित शहिद लखन गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै सबै क्षेत्रको पहिचानसहितको यो संविधान बनेको बताएका हुन् ।
उनले नेपालमा केही छैन र केही हुँदैन भन्ने नकारात्मक भाष्य बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्