नेपाल । मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिए ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहिबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराइन् । कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा मधेस सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको हो । नयाँ मन्त्रिमण्डलमा अब १२ सदस्यीय मन्त्रीहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्