२६ बैशाख २०८२, शुक्रबार

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलगायत २३ जनामाथि ५ दिनको म्याद थप

कोलोराडोखबर संवाददाता , May 9th, 2025

नेपाल । राज्यविरुद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि ५ दिनको म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी पसिसर काडमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले उहाँहरुलाई बिहीबार काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी पसिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए । सरकारीलगायत निजी संरचनामा आगो समेत लगाइएको थियो भने तोडफोड समेत भएको थियो । यी घटनाहरुमा जोडेर मिश्र र प्रसाईंलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्