नेपाल । महिलाको आर्थिक सशक्तीकरण गर्न सकेमात्रै सिंगो समाज र देश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारणसभा तथा स्थापना दिवसको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु¥याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उपसभामुख ईन्दिरा रानामगरले महिलाहरू आर्थिक रूपमा सशक्त भएमात्रै समाज र देशकै अर्थतन्त्रमा परिवर्तन हुने बताउनुभयो ।
आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने भन्दै उहाँले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्