एष्ट्रोनोभा फाउण्डेशनलाई अनुसन्धान एवम् आविस्कार केन्द्रको रुपमा विकास गरिने
नेपाल (हेटौंडा) । हेटौंडामा रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीलगायत विज्ञान प्रविधिसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको एष्ट्रोनोभा फाउण्डेशन नेपालको विदेश प्रतिनिधिको रुपमा बाबाटुन्डे आयोला नियुक्त भएका छन् ।
बुधबार रिपोटर्स क्लब नेपाल मकवानपुरको संयोजनमा हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले नाइजेरियाका नागरिक आयोलालाई नियुक्ती पत्र प्रदान गरेका हुन् ।
बाल मनोविज्ञसमेत रहेका आयोलाले फाउण्डेशनका गतिविधि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने एवम् अन्तर्राष्ट्रियस्तरका बैज्ञानिकसँग समन्वय तथा सम्बन्ध विस्तार गरी नेपालीहरुको हितका लागि विभिन्न कार्यक्रमहरु ल्याउन पहल गर्ने बताए ।
सो अवसरमा अध्यक्ष बास्तोलाले फाउण्डेशनलाई अनुसन्धान एवम् आविस्कार केन्द्रको रुपमा विकास गरिने बताए ।
हाल विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशाला स्थ...






