कृषि सम्बन्धी जिज्ञासा समाधान गर्दै कनेक्ट किसान’
नेपाल । ‘कनेक्ट किसान’ को कृत्रिम बौद्धिकता (एआई) सल्लाह प्रणालीको क्षमता परीक्षण गर्दै ‘कफी सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ ।
बागबजारस्थित ‘आइडिया स्टुडियो’ मा आयोजित ‘नवप्रवर्तक युवासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एआईसँग सो प्रश्न सोध्नुभएको थियो । कनेक्ट किसानको कृषि सल्लाह प्रणालीबारे चासो राख्दै प्रधानमन्त्री ओलीले यसको उपयोगिताको परीक्षणसमेत गर्नुभएको थियो ।
प्रधानमन्त्रीको प्रश्नमा ‘कनेक्ट किसान एआई’ ले यसरी उत्तर दियो, “कफीका फलहरू सफा गरेर चिसो र हावा चल्ने ठाउँमा पातलो तहमा राख्नु पर्छ । ती फल नियमित रूपमा पल्टाउँदै राम्ररी सुकाउनु पर्छ । यसरी गर्दा कफी राम्ररी सुक्ने र गुणस्तर राम्रो हुने गर्छ ।”
यस सन्दर्भमा ‘कनेक्ट किसान’ ले विकास गरेको एआई सल्लाह प्रणालीले कृषकहरूलाई आवाज तथ...









