बागमती गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश
नेपाल (हेटौंडा) । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफको जीतमा अनिष महर्जनले दुई तथा फोडे फोफनाले एक गोल गरे । खेलको दोस्रो हाफको १६औं मिनेटमा फोफनाले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै महर्जनले खेलको दोस्रो हाफको १६ औं मिनेटमा फोफनाको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे भने २४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको दोस्रो हाफको ८८ औं मिनेटमा चर्च ब्वाइजका लागि विशाल बस्नेतले एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेन । खेलको म्यान अफ द म्याच महर्जन घोषित भए । उन...








