२५ माघ २०८१, शुक्रबार

आईपीएलमा चेन्नई सुपर किंग्सद्वारा गुजरात टाइटन्स ६३ रनले पराजित

कोलोराडोखबर संवाददाता , March 27th, 2024

नेपाल । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ ।

चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो।

टस हारेर पहिला ब्याटिङ गरेको चेन्नइले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।

जितपछि चेन्नई अंक तालिकामा शीर्ष स्थानमा छ । चेन्नईले २ खेलमा जित निकाल्दै ४ अंक बटुलेको छ ।

प्रतियोगिता अन्तरगत बुधबार राति सनराइजर्स हैदरबाल र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्