१ फाल्गुन २०८१, बिहीबार

विश्वकप छनौट खेलमा बहराइनसँग नेपाल ५-० गोलले पराजीत

कोलोराडोखबर संवाददाता , March 22nd, 2024

नेपाल । बहराइनमा बिहीबार राति सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० गोलले पराजीत गरेको छ ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको हो ।

बहराइनले तीन गोल पहिलो हाफमा र २ गोल दोस्रो हाफमा गरेको थियो । नेपालका तर्फबाट भने कुनै गोल हुन सकेन ।
नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार मै खेल्नेछ ।

बहराइन विरुद्धको खेलमार्फत नेपालका चार खेलाडीले सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । अभिषेक लिम्बु, सौभाग्य (सन्जित) राई तथा फरवार्डद्वय समिर तामाङ र सन्जिव विष्टले डेब्यु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्