२४ श्रावण २०८३, आईतवार

खेलकुद

आईपीएलमा लखनउ सुपर जाइन्टद्वारा चेन्नाइ सुपर किंग्स ८ विकेटले पराजित

आईपीएलमा लखनउ सुपर जाइन्टद्वारा चेन्नाइ सुपर किंग्स ८ विकेटले पराजित

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबारको खेलमा लखनउ सुपर जाइन्टले चेन्नाइ सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । चेन्नाइले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो । पहिले ब्याटिङ गरेको चेन्नाइले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । यो जितसँगै ८ अंक जोडेको लखनउ पाँचौं स्थानमा छ । समान अंक भए पनि चेन्नाइ राम्रो रनरेटका कारण तेस्रो स्थानमा छ । शनिबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुने छ । ...
आईपीएलमा मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स पराजीत

आईपीएलमा मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा बिहीबाको खेलमा मुम्बई इन्डियन्सले पन्जाब किंग्सलाई ९ रनले पराजीत गरेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।
एसीसी प्रिमियर कपः नेपाल र यूएई तथा हङकङ र ओमान सेमिफाइनलमा भिड्ने

एसीसी प्रिमियर कपः नेपाल र यूएई तथा हङकङ र ओमान सेमिफाइनलमा भिड्ने

नेपाल । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा शुक्रबार युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । दोस्रो सेमिफाइनल खेलमा शुक्रबारनै हङकङ र ओमानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ । तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ ।...
दिल्ली क्यापिटल्सद्वारा गुजरात टाइटन्स ६ विकेटले पराजीत

दिल्ली क्यापिटल्सद्वारा गुजरात टाइटन्स ६ विकेटले पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा बुधबारको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजीत गरेको छ । दिल्लीसँग गुजरात टाइटन्स ६ विकेटले पराजित भएको हो । गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर भेट्याएको थियो । पहिले ब्याटिङ गरेको गुजरातका लागि रसिद खानको सर्वाधिक ३२ रनको मद्दतमा ८९ रन मात्र बनाउन सकेको थियो । क्यो। प्रतियोगिता अन्तरगत बिहीबार पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।...
राजस्थान रोयल्सद्वारा कोलकता नाइट राइडर्स पराजीत

राजस्थान रोयल्सद्वारा कोलकता नाइट राइडर्स पराजीत

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपिएल) मा मंगलबारको खेलमा राजस्थान रोयल्सले जित हासिल गरेको छ। इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको राजस्थानले कोलकता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले २२३ रन बनाएको थियो । आईपिएलमा बुधबार गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।...
सन्दीपको पुनरावेदन मुद्दामा ‘गौशाला २६’ को जन्मदर्ताको प्रतिलिपि पेश गर्न आदेश

सन्दीपको पुनरावेदन मुद्दामा ‘गौशाला २६’ को जन्मदर्ताको प्रतिलिपि पेश गर्न आदेश

नेपाल । बलात्कार प्रकरणमा दोषी ठहर भएका सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा सोमबार पहिलो दिनको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले तादी गाउँपालिकाको वडा नम्बर २ मा जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कल प्रति पेश गर्न आदेश दिएको हो । २०७५–०९–१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ । ...
सनराइज हैदराबादद्वारा रोयल च्यालेन्जर्स बैंग्लौरलाई २५ रनले पराजीत

सनराइज हैदराबादद्वारा रोयल च्यालेन्जर्स बैंग्लौरलाई २५ रनले पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को सोमबार सम्पन्न खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लौरलाई २५ रनले पराजीत गरेको छ । हैदराबादले सोमबार रोयल च्यालेन्जर्स बैंग्लौरविरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट मात्र गुमाएर २८७ रन बनाएको थियो । जवाफमा बैंग्लौरले ७ विकेट गुमाउँदै २ सय ६२ रन मात्र बनाउन सक्यो । आईपीएलमा मंगलबार कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्ने छन् ।...
नेपालद्वारा हङकङ सजिलै पराजीत

नेपालद्वारा हङकङ सजिलै पराजीत

नेपाल । ओमानमा जारी एसीसी प्रिमियर लिगमा सोमबारको खेलमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ र धारिलो फिल्डिङ गर्दै हङकङलाई ११४ रनमा अलआउट गर्यो । ११५ रनको सहज लक्ष्य लिएर मैदानमा उत्रेको नेपाल सुरुबाटै आक्रमक रुपमा प्रस्तुत भयो । यो खेलमा जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नेपालले मलेसिया र कतारलाई पराजित गरेको थियो । नेपाल अंकतालिकाको शीर्षस्थानमा छ । ...
आईपीएलमा चेन्नई सुपर किंग्स र कोलकाता नाइटराइडर्स विजयी

आईपीएलमा चेन्नई सुपर किंग्स र कोलकाता नाइटराइडर्स विजयी

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को आइतबारको खेलमा मुम्बई इन्डियन्सलाई चेन्नई सुपर किंग्सले २० रनले पराजित गरेको छ। २ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षेतिमा २ सय ६ रन बनाएको थियो । आइतबार नै भएको पहिलो खेलमा कोलकाता नाइटराइडर्सले लखनउ सुपरजायन्टलाई ८ विकेटले हरायो । प्रतियोगिता अन्तरगत सोमबार रोयल च्यालेन्जर्स बैंग्लौर र सनराइजर्स हैदरबादबीच खेल हुनेछ ।...
न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि

न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि

अमेरिका (क्यालिफोर्निया) । एनआरएनए क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको भलिवल प्रतियोगितमा टेक्ससको टोलीले उपाधि जितेको छ । सानफ्रन्सिस्कोमा सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा न्यूयोर्कको टोलीलाई टेक्ससले हराएको हो । योसंगै बिजेता टोलीले सर्वाधिक १२ हजार डलर पुरस्कार जितेको छ । अन्तिम खेलमा १५–१३ स्कोर सहित न्यूयोर्कले बाजी मारेको हो । बेस्ट अफ फाईभको खेलमा अन्तिम प्रतिस्पर्धाअघि २-२ जीत सहित दुबै टोली बराबरको स्थितिमा थिए । खेलको उपबिजेताले ७ हजार डलर पुरस्कार पाउने छ । तेस्रो हुनेले ५ हजार र चौथो हुने टोलीका लागि २ हजार डलर पुरस्कार राखिएको यो खेल अमेरिकामा नेपाली समुदायमाझ हुने सर्वाधिक पुरस्कार राशी मघ्येको प्रतियोगिता हो । विजेता-उपबिजेतासहित सम्पूर्ण सहभागी टोलीहरु र खेल सम्पन्न गर्न सघाउने सबै नेपाली समुदायप्रति आयोजक एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा...