२४ श्रावण २०८३, आईतवार

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ बीचको टी-२० शृङखला शनिबारबाट सुरु

नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ बीचको टी-२० शृङखला शनिबारबाट सुरु

नेपाल । शनिबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ टोलीबीचको टी–२० शृङखला सुरु हुँदैछ । वेस्ट इन्डिजको ‘ए’ र नेपालबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इन्डिजको ‘ए’ टोलीबीच पाँच खेलको टी–२० शृङ्खला हुँदैछ । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ । ...
रोयल च्यालेन्जर्स बैंग्लौरंद्वारा सनराइजर्स हैदरावाद ३५ पराजीत

रोयल च्यालेन्जर्स बैंग्लौरंद्वारा सनराइजर्स हैदरावाद ३५ पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबारको खेलमा रोयल च्यालेन्जर्स बैंग्लौरले दोस्रो जीत हासिल गरेको छ । बैंग्लौरले सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको हो । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले बैंग्लौरले ब्याटिङ रोजेको थियो । विराट कोहली र रजत पाटिदारको अर्धशतकसँगै ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो ।...
कोलोराडोमा पहिलो पटक इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी शुरु

कोलोराडोमा पहिलो पटक इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी शुरु

कोलोराडो (अमेरिका) । अमेरिकाको कोलोराडोमा नेपाली समुदायका बीचमा पहिलो पटक अन्तरराज्य स्तरीय (इन्टर स्टेट) पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब(सीएनवाईसी) को सहआयोजकमा जुन २९ र ३० तारिखका दिन उक्त प्रतियोगिता गर्न लागिएको हो । अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा ल्याएर ‘सहभागिता र एकताका लागि खेलकुद’ भन्ने नाराका साथ नेपाली डायस्पोरा भित्र नेपाली युवा सहभागितालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन र संलग्न गराउनु कार्यक्रमको उद्देश्य गरेको तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्रबहादुर गुरुङले बताउनु भयो । उक्त प्रतियोगिताको व्यवस्थापनका लागि तीब्र रुपमा तयारी भइरहेको छ । प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरु र क्यानडासमेतबाट २०–२५ टिमको सहभागिता रहने आयोजकहरुले आंकलन गरेको एनआरएनए ...
दिल्ली क्यापिटल्सद्वारा गुजरात टाइटन्स ४ रनको पराजीत

दिल्ली क्यापिटल्सद्वारा गुजरात टाइटन्स ४ रनको पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबारको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनको पराजीत गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकसँगै २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । आइपीएलमा बिहीबार सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ ।...
लखनउ सुपर जायन्ट्सद्वारा चेन्नई सुपर किंग्स ६ विकेटले पराजित

लखनउ सुपर जायन्ट्सद्वारा चेन्नई सुपर किंग्स ६ विकेटले पराजित

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ। एमए चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदा नै ४ विकेट गुमाउँदै २१३ रन बनाएर विजयी भएको हो । टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स भिड्ने छन् ।...
राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो

राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबारको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । टस जितेर ब्याटिङ गरेको मुम्बईले तिलक वर्माको अर्धशतसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । आईपीएलमा मंगलबार चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।...
आईपीएलमा गुजरात टाईटन्सद्वारा पञ्जाब किंग्स ३ विकेटले पराजीत

आईपीएलमा गुजरात टाईटन्सद्वारा पञ्जाब किंग्स ३ विकेटले पराजीत

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आइपिएल) मा आइतबार सम्पन्न खेलमा गुजरात टाईटन्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजीत गरेको छ। पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो । टस जितेर ब्याटिङ गरेको पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटियो । आइपीएलमा सोमबार राजस्थान रोयल्स र मुम्बई इंडियन भिड्ने छन् ।...
पूर्वी मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि डेढ करोड संकलन

पूर्वी मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि डेढ करोड संकलन

नेपाल (हेटौंडा) । पूर्वी मकवानपुरको बकैयामा नगद र जिन्सी सहित रङ्गशाला निर्माणका लागि डेढ करोड रुपैयाँ सङ्कलन भएको छ । जुरेली रङ्गशाला निर्माण लागि बकैया–४, मा लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोगी दाता र भक्तजनबाट एक करोड ६७ लाख ३९ हजार ३३० रुपियाँ सङ्कलन भएको हो । समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले सामाजिक कार्यका लागि महायज्ञ लगाइएकोमा प्रशंसा व्यक्त गर्दै समाजमा विकास र रूपान्तरणका लागि सबै एक जुट हुन आवश्यक रहेको बताए । उनले बकैया खेलका लागि उर्वर क्षेत्र भएकाले जुरेली रङ्गशालाले पूर्णता पाए यहाँको अझैं विकास हुनेमा विश्वास व्यक्त गर्दै रङ्गशालाका लागि आवश्यक बजेट विनियोजन र आवश्यक सहयोगमा सधैँ अग्रभागमा रहेर सहयोग गर्न तयार रहेको स्पष्ट पारे । करिव तीन बिगाहा क्षेत्रफलमा रहेको यस क्षेत्रमा कबडहल, बास्केटबल, टेबल टेनिस, भलि...
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग ४ विकेटले पराजीत

एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग ४ विकेटले पराजीत

नेपाल । एसीसी प्रिमियर कपको शनिबार सम्पन्न खेलमा नेपाल हङकङसँग पनि पराजित भएको छ । तेस्रो स्थानको प्लेअफका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो । टस जितेर सुरुवाती ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो ।...
सनराईजर्स हैदरावादद्वारा दिल्ली क्यापिटल्स ६७ रनले पराजीत

सनराईजर्स हैदरावादद्वारा दिल्ली क्यापिटल्स ६७ रनले पराजीत

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आइपीएल) मा शनिबारको खेलमा सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले हराएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो । ​ जवाफी ब्याटिङ गरेको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ९९ रन मात्र जोड्यो । आईपीएलमा आज २ खेल हुँदैछन् । दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लौर तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स भिड्ने छन् ।...