९ असार २०८३, मंगलवार

खेलकुद

टी-२० विश्वकप क्रिकेटमा भारतद्वारा आयरल्याण्ड ८ विकेटले पराजीत

टी-२० विश्वकप क्रिकेटमा भारतद्वारा आयरल्याण्ड ८ विकेटले पराजीत

नेपाल । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आयरल्याण्डलाई ८ विकेट हराएको छ । बुधबार अमेरिकाको न्यूयोर्कमा भएको पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुआत गरेको हो ।​ आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि कप्तान रोहित शर्माले ५२ र ऋषभ पन्तले ३६ रन बनाए । बलिङतर्फ आयरल्याण्डका मार्क ऐडेयर र बेन व्हाइटले समान १रभ१ विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाएको थियो। उसका लागि ग्यारेथ डेलानीले २६, जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन बनाए । भारतका हार्दिक पाण्डेयले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २–२ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १–१ विकेट लिए ।...
रास्वपाका सांसदहरु नेपाली क्रिकेट टिमको जर्सी लगाएर संसदभित्र प्रवेश

रास्वपाका सांसदहरु नेपाली क्रिकेट टिमको जर्सी लगाएर संसदभित्र प्रवेश

नेपाल । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु नेपाली क्रिकेट टिमको जर्सी लगाएर संसदभित्र प्रवेश गरेका छन् । उनीहरुले संसदभित्रै तस्बिर पनि खिचेर आफूहरु क्रिकेटका फ्यान भएको देखाए । यता रास्वपाबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले विश्वकप खेलको लाइभ प्रसारण गर्न स्थानीय तहलाई पत्र लेखेका थिए ।...
आम नेपालीको हौसला र प्रार्थनाकाबीच टी-२० विश्वकपको पहिलो खेलमा नेपाल पराजित

आम नेपालीको हौसला र प्रार्थनाकाबीच टी-२० विश्वकपको पहिलो खेलमा नेपाल पराजित

अमेरिका । आम नेपालीले प्रदान गरेको हौसला र प्रार्थनाका बीच टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १८ ओभर ४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्यान्डसका म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे । म्याक्स ५४ रनमा अविजित रहे । बिक्रमजित सिंहले २२ रनको योगदान दिए । बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले एक–एक विकेट लिए । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडेका थिए । १० रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले १५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । आसिफ ४ र कुशल ७ रन बनाएर आउट भए । ४० रन जोड्दा अनिल शाह, ५२ रन जोड्दा कुशल मल्ल र ५३ रन जोड्दा दीपेन्द्...
अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले टेलिफोनबाट दिए शुभकामना

अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले टेलिफोनबाट दिए शुभकामना

नेपाल । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर राष्ट्रपति पौडेलले उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका हुन् । नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरे । अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गरेको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता गत जेठ १९ गतेदेखि सुरु भएको छ । मंगलबार नेपालले आफ्नो पहिलो खेल राति ९ः१५ बजे नेदरल्याण्ड्ससँग खेल्दैछ ।...
टी-२० विश्वकपमा मंगलबार अमेरिकामा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुँदै

टी-२० विश्वकपमा मंगलबार अमेरिकामा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा मंगलबार अमेरिकामा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुँदैछ । यसअघि नेपालले सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो। यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो। ...
टी-२० विश्वकपमा अमेरिकाको विजयी सुरुआत, पपुवा न्युगिनी वेस्ट इन्डिजसँग पराजीत

टी-२० विश्वकपमा अमेरिकाको विजयी सुरुआत, पपुवा न्युगिनी वेस्ट इन्डिजसँग पराजीत

अमेरिका । अमेरिकाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको जित हात पारेको छ । अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको हो । १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ । त्यसैगरी आइतबारनै सम्पन्न अर्को खेलमा वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई पराजित गरेको छ । वेस्ट इन्डिजले पिएनजीलाई ५ विक...
रियल म्याड्रिडले जित्यो युरोपेली च्याम्पियन्स लिगको उपाधि

रियल म्याड्रिडले जित्यो युरोपेली च्याम्पियन्स लिगको उपाधि

अमेरिका । युरोपेली च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जितेको छ । शनिबार सम्पन्न खेलमा रियलले वेम्बलीमा बोरुसिया डर्टमन्डलाई २–० गोलले जितेको हो । रियल १५औं पल्ट युरोपेली च्याम्पियन्स लिग जितेको हो । खेलका दुबै गोल दोस्रो हाफको मध्य भागमा भएको थियो । डानी कारभाजालले ७४ औं मिनेटमा हेडबाट गोलको खाता खोले । त्यसको नौ मिनेटपछि भिनिसियस जुनियरले दोस्रो गोल थपे ।...
आईसीसी टी-२० विश्वकप अमेरिकामा शुरु, नेपालसहित २० टोलीले प्रतिस्पर्धा गर्दै

आईसीसी टी-२० विश्वकप अमेरिकामा शुरु, नेपालसहित २० टोलीले प्रतिस्पर्धा गर्दै

अमेरिका । आइतबारदेखि अमेरिकामा आईसीसी टी-२० विश्वकप अमेरिकामा शुरु भएको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ । उदघाटन खेलमा आइतबार अमेरिका र क्यानडाबीच प्रतिष्पर्धा हुँदैछ । आयोजक अमेरिका र क्यानडाबीच हुने उद्घाटन खेल टेक्ससको डलासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुनेछ । यसपटक वेस्ट इन्डिजको ६ र अमेरिकाको ३ रंगशाला गरि ९ रंगशालामा विश्वकपको खेल हुँदैछ । यता नेपालले आगामी मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो भने अमेरिकाले पहिलो मौका पाएको हो । प्रतियोगिताको इंग्ल्याण्ड साविक विजेता टोलीको हो। इंग्ल्याण्डले सन् २०२२ मा अष्ट्रेलियामा भएको विश्वकपको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि चुमेको थियो । प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछ...
अमेरिका र नेपालबीचको वार्मअप खेल वर्षाको कारण रद्द

अमेरिका र नेपालबीचको वार्मअप खेल वर्षाको कारण रद्द

अमेरिका । अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल वर्षाको कारण रद्द भएको छ । स्थानिय समय अनुसार बिहीबार बिहान  १०ः३० बजे ग्राण्ड प्रेरी रंगशालामा हुनु पर्ने खेल रद्द भएको हो । अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर टस लगत्तै मैदानमा वर्षा भएको थियो । नेपाल पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो । नेपालले आगामी मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुने विश्वकप खेल्न नेपाली टोली अमेरिकामा छ ।...
नेपाल सरकारले पहल गर्दा पनि क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले दिएन भिसा

नेपाल सरकारले पहल गर्दा पनि क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले दिएन भिसा

नेपाल । बालिका बतात्कारको मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा दिन अस्वीकार गरेको छ । जेठ ९ गते पहिलोपटक भिसा अस्विकृत भएपछि जेठ १७ गते बिहीबार दोस्रोपटक सन्दीपले अन्तर्वार्ता दिएका थिए । तर, दोस्रो पटक पनि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्तिमार्फत जानकारी गराएको छ । सन्दीपलाई टी–२० विश्वकम खेलाउन अमेरिका पठाउन कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल हुँदासमेत दूतावासले भिसा नदिएको क्यानका महासचिव पारस खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन् । ...