२२ बैशाख २०८३, मंगलवार

खेलकुद

महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली टिमलाई काठमाडौं महानगरद्वारा २५ लाख प्रदान

महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली टिमलाई काठमाडौं महानगरद्वारा २५ लाख प्रदान

नेपाल । महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँ प्रदान गरेको छ । महानगरले बुधवार सकिएको फाइनल खेललगत्तै उक्त रकम हस्तान्तरण गरेको हो । प्रतिखेलाडी एक लाख, कोच र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ दिएको हो । उनीहरुलाई मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले संयुक्तरुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।...
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजीत

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजीत

नेपाल । दशरथ रंगशालामा बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजीत भएको छ । फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । नेपालविरुद्ध बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गरेको थियो । त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । तर, खेलको ८१औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रता लियो । त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । नेपालले भने छैटौं पटक पनि उपविजेतामा सीमित भयो ।...
नेपाल र बंगलादेशबीच महिला साफ च्याम्पियनसिपको उपाधिका लागि फाइनल खेल हुँदै

नेपाल र बंगलादेशबीच महिला साफ च्याम्पियनसिपको उपाधिका लागि फाइनल खेल हुँदै

नेपाल । नेपाल र बंगलादेशबीच साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधिका लागि बुधबार साँझ फाइनल खेल हुँदैछ । साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रङ्गशालामा हुनेछ । सन् २०१० मा बंगलादेशबाट सुरूआत भएको साफ च्याम्पियनसिपमा नेपाल ५ पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतलाई पेनाल्टीमा ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बंगलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो । बंगलादेशले समूहको पहि...
अमेरिकासँग हारेको नेपालले स्कटल्याण्डलाई ५ विकेटले हरायो

अमेरिकासँग हारेको नेपालले स्कटल्याण्डलाई ५ विकेटले हरायो

अमेरिका । अमेरिकामा जारी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय आईसीसी पुरुष क्रिकेट खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २–२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलब ५ ओभरमा पूरा गर्‍यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले...
नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि बंगलादेशसँग भिड्ने

नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि बंगलादेशसँग भिड्ने

नेपाल । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । पेनाल्टीमा नेपाल ४–२ ले विजयी भएको हो । निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका चारै खेलाडीले गोल गरे । भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रीति राईले गरेको गोलमा रेफ्रिले गोलको मान्यता दिइनन् । त्यसपछि विवाद भएर खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएर बराबरी गरेकी थिइन् । त्यसपछि दुबैतर्फबाट निर्धारित समयमा कुनै गोल भएन् । फाइनलमा प्रवेश गरेको नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ । आइतबार नै भुटानलाई हराएर बंगलादेश ...
अमेरिकासँग नेपाल २ विकेटले पराजीत

अमेरिकासँग नेपाल २ विकेटले पराजीत

अमेरिका । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासंग ३ विकेटले पराजित भएको छ । अमेरिकाको डलासको ग्रान्ड प्रिएरीमा गएराती भएको खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रनको योगदान गरेका थिए । अनिल शाहले ५६, आसिफ शेखले ५२ र आरिफ शेखले ३७ रनको योगदान दिए । बलिङतर्फ अमेरिकाका नोष्थुश केन्जिगेले सर्वाधिक ४ विकेट लिएका थिए । लिग–२ मा ९ खेल खेलेको नेपालले एक खेलमा मात्र जित निकालेको छ । ...
आईसीसी विश्वकप लिग-२ मा अमेरिका स्कटल्यान्डसँग पराजित

आईसीसी विश्वकप लिग-२ मा अमेरिका स्कटल्यान्डसँग पराजित

अमेरिका । आईसीसी विश्वकप लिग टूमा अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्कटल्यान्ड विजयी भएको हो । स्कटल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले निकै खराब सुरुआत गर्‍यो । उसले ३४ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४४ रन बनायो । ओपनर सुसान्त मोदानी र एन्ड्रिस गउसले २१ रनको मात्र साझेदारी गर्न सके । सुसान्त ८ र गउस ५ रनमा आउट भए। २१ रन बनाउँदा पहिलो विकेट गुमाएको अमेरिकाले त्यसपछि कुनै रन थप गर्न नपाउँदै बाँकी चार विकेट गुमाएको थियो । कप्तान मोनांक पटेल, मुक्कमल र सयन जाहाङ्गीर शून्यमा आउट भए । अमेरिकाले ५९ रनमा नै ८ विकेट गुमाएको निकै कमजोर अवस्थामा पुगेको थियो । विकेट नभएको अवस्थामा पनि हरमित सिंहले २२ रन जोडे । आठौं नम्बरमा मैदान प्रवेश गरेका साडली भान विकले उत्कृष्ट पारी खेल्दै ५८ रनको शादारन इनिङ खेलेका थ...
नेपालले श्रीलंकालाई ६-० ले हरायो

नेपालले श्रीलंकालाई ६-० ले हरायो

नेपाल । काठमाडौँमा जारी साफ महिला च्याम्पियनशिपमा नेपाल बिहीबारको खेल सहज रुपमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको समूह ‘बी’को आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफमा नेपालले ४ गोल गर्‍यो भने दोस्रो हाफमा २ गोल गर्‍यो । नेपालको जितमा रेखा पौडेलले २ गोल‚ सावित्रा भण्डारी ‘साम्बा’, सविता रानामगर, अमिषा कार्की र रश्मीकुमारी घिसिङले १–१ गोल गरे। अब सेमिफाइनलमा नेपालले समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ । फाइनल प्रवेशका लागि नेपालले भारतसँग आइतवार साढे ६ बजे खेल्नेछ । नेपाल यसपटकसमेत गरेर लगातार सातौँ पटक सेमिफाइनलमा पुगेको हो । नेपाल ५ पटक उपविजेता बनेको छ ।...
एक दिवसीय अभ्यास खेलमा अमेरिकाद्वारा नेपाल पराजीत

एक दिवसीय अभ्यास खेलमा अमेरिकाद्वारा नेपाल पराजीत

अमेरिका । नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको एक दिवसीय अभ्यास खेलमा पराजित भएको छ । गएराति सम्पन्न अभ्यास खेलमा अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो । पहिला ब्याटिंङ गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो । जवाफमा अमेरिका ए ले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ४ विकेटले खेल जितेको थियो ।...
नेपालले अमेरिकाबिरुद्धको तीनै खेल जित्यो

नेपालले अमेरिकाबिरुद्धको तीनै खेल जित्यो

अमेरिका । अमेरिकाविरुद्धको टी–२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिए । नेपालका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए । नेपालले पहिलो खेलमा १७ रनले जित निकालेको थियो । दोस्रो खेल सुपरओभरमा जितेको थियो ।...