फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिपमा नेपालले जित्यो ४ स्वर्ण
नेपाल । भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण पदक जितेको छ ।
यो नतिजासँगै चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो भयो । भुटान पहिलो भयो । चार टोलीको संयुक्त प्रशिक्षण शिवीर अप्रिल ८–१० तारिख तथा प्रतियोगिता अप्रिल ११–१३ तारिखसम्म भएको थियो । प्रतियोगितामा नेपालका सात खेलाडी फाइनल पुगेकोमा चारले स्वर्ण जित्न सफल भएका हुन् ।
महिला ५० केजी तौलसमूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अङ्कले हराउँदै स्वर्ण जित्नुभयो । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अङ्कले पराजित गर्दै स्वर्ण, महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अङ्कले हराउँदै स्वर्ण र पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत ९सिक्कीम० का कृष्ण कैलाश राईलाई ५–० अङ्कले हराउँदै स्वर्ण जित्नुभएको हो ।
यस्तै पुर...







