दशौँ भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई, फ्रिडम फाइटर दोस्रो
नेपाल (हेटौंडा) । हेटौडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गते देखी सुरु भएको दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ ।
फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले नगद एक लाख ५० हजार पाँचसय पचपन्न रुपैयाँको राशि हात पार्न सफल भएको प्रतियोगीता संयोजक मणिराज गौतमले बताउनु भयो ।
द्वितिय हुन सफल फ्रिडम फाईटर भेट्रान्सले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको संयोजक गौतमले बताउनु भयो ।
समापन समारोहमा नगरप्रमुख लामा संगै शिक्षाविद् पूरण बहादुर जोशी,एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल,वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे,वडा नम्बर ६ अध्यक्ष विष्णु बहादुर दाहाल,वडा नम्बर ७ अध्यक्ष दामोदर गौतम,वडा नम्बर...








