३ चैत्र २०८२, मंगलवार

खेलकुद

महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

महिला विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

अमेरिका । महिला ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले बलियो अस्ट्रेलियालाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको छ । दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन तथा ६ पल्टको विजेतालाई ८ विकेटले हराएको हो । दुबईमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटमा १ सय ३४ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले दुई विकेट मात्र गुमाएर १७ दशमलव २ ओभरमा विजयी रन जोड्यो । आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिज र न्युजिल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेताको सामना गर्नेछ।...
आईसीसी महिला टी-२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई हरायो

आईसीसी महिला टी-२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई हरायो

अमेरिका । सोमबार भएको खेलमा आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई हराएको छ । शारजाहमा भएको खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले १९ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । यसअघि इङ्गल्यान्डले पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको थियो । ...
एन्फाले ६ खेलाडीका परिवारलाई प्रतिपरिवार आठ लाख सहयोग गर्ने

एन्फाले ६ खेलाडीका परिवारलाई प्रतिपरिवार आठ लाख सहयोग गर्ने

नेपाल । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिपरिवार आठ लाख सहयोग गर्ने भएको छ एन्फाको आइतबार बसेको आपतकालीन बैठकले पहिरोमा परेर निधन भएका मकवानपुरको सिस्नेरीस्थित वात्सल्यदेवी एकेडेमीमा फुटबल सिक्दै आएका आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवश बानियाँ, अनुपम घलान र साइमन योञ्जनको परिवारलाई सहयोग प्रदान गर्ने निर्णय गरेको हो । एन्फा बैठकले प्रत्येक बालकको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा दुई लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने, एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै एन्फाले बालकहरुको मृत्युको घटना छानविन गर्न केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ संयोजक रहेको समिति गठन गरेको छ । समितिमा एन्फा सदस्य टीकारा...
क्रिस्टल प्यालेस पराजीत, लिभरपुल शीर्ष स्थानमा कायमै

क्रिस्टल प्यालेस पराजीत, लिभरपुल शीर्ष स्थानमा कायमै

अमेरिका । इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा खेलको नवौं मिनेटमा डिओगो जोटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि लिभरपुलको ७ खेलमा १८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ । त्यसैगरी, क्रिस्टल प्यालेसको भने यो यस सिजनमा चौथो हार हो। यो खेलपछि क्रिस्टल प्यालेसको ७ खेलमा ३ अंक रहेको छ र लिगमा १८औँ स्थानमा छ । अर्को खेलमा म्यानचेष्टर सिटीले फुलहमलाई ३–२ र आर्सनलले साउथह्याम्प्टनलाई ३–१ गोलले पराजित गरेको छ । लिगमा सिटी १७ र आर्सनल १७ अंकसाथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।...
क्यानडाले जित्यो त्रिकोणात्मक टि-२० सिरिजको उपाधि

क्यानडाले जित्यो त्रिकोणात्मक टि-२० सिरिजको उपाधि

नेपाल । त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो । क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको थियो । त्यसैगरी ओमानविरुद्धको पहिलो खेलमा क्यानडा आठ विकेटले पराजित भएको थियो । त्यस्तै सिरिजमा नेपाल भने दोस्रो स्थानमा रह्यो । यसअघि नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो । ...
पहिरोमा ज्यान गुमाएका एन्फा फुटबल एकेडेमीका विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन

पहिरोमा ज्यान गुमाएका एन्फा फुटबल एकेडेमीका विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन

नेपाल (हेटौंडा) । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबल एकेडेमीका ६ जना विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । मनहरी–१ स्थित मोर्डन युथ क्लबले पहिरोमा ज्यान गुमाएका एन्फाका ६ जनाको सम्झनामा श्रद्धाञ्जली सभा साथै दीप प्रज्वलन गरेको हो । गत असोज १२ गते मकवानपुरका ३ सहित ६ जना विद्यार्थीहरुको पहिरोले पुरेर निधन भएको थियो । मकवानपुरका अनुपम घलान, सुमन योन्जन र दिवस बानियाँ, सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य र बाराको निजगढका विकल रेग्मीको पहिरोमा परी ज्यान गएको हो । कार्यक्रममा मनहरी–१ का वडाध्यक्ष शिवप्रसाद खनाल, क्लबका सचिव रामगोपाल पराजुली , रामकुमार उप्रेती, अन्य पदाधिकारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।...
त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपाल क्यानडासँग ४ विकेटले पराजीत

त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपाल क्यानडासँग ४ विकेटले पराजीत

नेपाल । क्यानडामा जारी त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत नेपाल घरेलु टोलीसँग चार विकेटले पराजीत भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जीत आफ्नो पक्षमा पार्‍यो । क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो रह्यो । पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे । नेपालले पारी सकिँदा १३९ रन मात्रै बनाउन सक्यो । एक सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाको सुरुआत मध्यम रह्यो । पहिलो छ ओभरमा क्यानडाले एक विकेटको क्षतिमा ३४ रन मात्रै बनाउन सक्यो । क्यानडासामू मध्यम लक्ष्य प्रस्तुत गरेको नेपाल डेथ ओभरमा सम्हालिन नसक्दा क्यानडाले सहजै जित दर्ता गर्‍यो । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले दुई–दुई र सोमपाल कामीले एक विकेट लिए । अठार बल...
टी-२० क्रिकेटमा नेपालले ओमानलाई ३७ रनले हरायो

टी-२० क्रिकेटमा नेपालले ओमानलाई ३७ रनले हरायो

अमेरिका । टी-२० क्रिकेट खेलमा आइतबार राती नेपालले ओमानलाई ३७ रनले हराएको छ । त्रिकोणात्मक शृंखलाको यो खेलमा नेपालका लागि गुल्सन झाले अलराउन्ड प्रदर्शन गरे । एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान एक सय ३९ रनमा अलआउट भएको थियो । टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन जोडेको थियो । नेपालका लागि गुल्सन झाले १७ बलमा ४०, कुशल मल्लले २६ बलमा ३०, अनिल शाहले २१ बलमा २७, आरिफ शेखले २२ बलमा २७, कुशल भुर्तेलले १७ बलमा २० र दीपेन्द्रसिंह ऐरीले ५ बलमा १८ रन बनाए । नेपालले अन्तिम ५ ओभरमा ७८ रन जोडेको थियो । यसअघि शृंखलाको पहिलो खेलमा नेपाल शनिबार राती क्यानडासँग पराजित भएको थियो । ...
नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द

नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द

नेपाल । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा मंगलबार राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन् । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज चौथो खेल खेल्न लागेको थियो । शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । लिग–२ को अङ्क तालिकामा नेपाल आठ खेलमपछि तीन अङ्कका साथ सातौ स्थानमा छ भने ओमान भने सात खेलमा छ अङ्कका साथ छैटौं स्थानमा छ । उक्त एकदिवसीय शृङ्खलापछि अब नेपालले क्यानडामै आयोजना हुने क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टी–२० शृङ्खला ...
आइसिसी विश्वकप लिग-२ मा नेपाल क्यानडासँग ५ विकेटले पराजीत

आइसिसी विश्वकप लिग-२ मा नेपाल क्यानडासँग ५ विकेटले पराजीत

क्यानडा । आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । क्यानडाको किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ८७ र परगत सिंहले ६४ रन जोडे । बलिङमा नेपालका सन्दीप लामिछाने २, ललित राजवंशी, करण केसी, गुलशन झा १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४६ ओभर १ बलमा १ सय ८१ रनमा समेटिएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन जोडे । गुलशन झाले ३४, करण केसीले २४, अर्जुन साउदले १०, आरिफ शेखले १० र र सोमपाल कामीले २१ रनको योगदान दिए । क्यानडामा जारी सिरिजमा यो नेपालको लगातार तेस्रो हार हो । यसअघि ओमन क्यानडासँग पराजित भएको थियो ।...