आइसिसी टी-२० मा भारत र वेस्ट इन्डिज विजयी, अमेरिका र बंगलादेश बाहिरिए
नेपाल । आइसिसी टी–२० विश्वकपअन्तर्गत ‘सुपर–८’ मा भारत सेमिफाइनलको नजिक पुगेको छ ।
शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।
भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४६ रन मात्रै बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले । उनले २७ बलमा ५० रन पूरा गरे ।
विराट कोहलीले ३७ रनको योगदान दिए । कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए । अक्षर पटेल ३ रनमा अविजित रहे ।
पराजित बंगलादेश भने सुपर एटबाटै बाहिरिएको छ ।
यसैगरी शनिबारनै सम्पन्न अर्को खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विके...



