चारदेशीय महिला टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ
नेपाल । नेपाल क्रिकेट संघ (क्यान)ले युगाण्डामा हुने चारदेशीय महिला टी–२० शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
क्यानद्वारा आयोजित एक कार्यक्रममा नेपाली महिला टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो। यही फागुन २४ गतेदेखि हुने उक्त शृङ्खलामा नेपालसहित युगाण्डा, हङकङ र नामिबिया सहभागी छन्।
क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताए।
नेपाली टिमकी कप्तान इन्दु वर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताइन्। नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले कमजोरी सुधार गरी सिरिज जितेर फर्कने बताए।
नेपालले आफ्नो पहिलो खेल यही फागुन २४ गते नामिबियासँग खेल्नेछ। फागुन २५ गते युगाण्डासँग र फागुन २६ गते हङकङसँग खेल्नेछ ।
फागुन २८ गते नामिबियासँग, २९ गते युगाण्ड...







