७ असार २०८३, आईतवार

खेलकुद

बार्सिलोनाले जित्यो स्पेनिस ला लिगाको उपाधि

बार्सिलोनाले जित्यो स्पेनिस ला लिगाको उपाधि

नेपाल । बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति सम्पन्न खेलमा स्पेनियललाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले यस सिजनको लिगको उपाधि जितेको हो । बार्सिलोनाको जितमा लामिन यमाल र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए । यस खेलमा लीन्द्रो काब्रेराले खेलको ८०औं मिनेटमा रातो कार्ड पाएपछि इस्पेनियल १० खेलाडीमा सीमित भएको थियो । यो जितपछि बार्सिलोनाको ३६ खेलमा ८५ अंक भएको छ र लिगका दुई खेल बाँकी रहदै उपाधि जितेको छ। बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ७ अंकले अगाडी रहेको छ। योसँगै बार्सिलोनाले यस सिजनमा ला लिगासहित कोपा डेल रे र सुपर कप गरि तीन उपाधि जितेको छ । ...
महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल हङकङसँग ७ विकेटले पराजित

महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल हङकङसँग ७ विकेटले पराजित

नेपाल । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ । थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग डकबर्थ लुइस (डिएलएस) का आधारमा सात विकेटले पराजित भयो । जितका लागि नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदा तीन विकेट गुमाउँदै पूरा गरेको हो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेल पाँच ओभरमा झारिएको थियो । हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाउनुभयो । बलिङमा नेपालकी कविता कुँवरले दुई विकेट लिनुभयो ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २९ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान इन्दु बर्मा नौ रन बनाउनुभयो । बलिङमा हङकङका लागि तीनै विकेट एलिसन सिउले लिनुभयो । यसअघि नेप...
आगामी २२ जुनमा अमेरिकाको कोलोराडोमा 8 Vs 8 फुटबल प्रतियोगिता हुने

आगामी २२ जुनमा अमेरिकाको कोलोराडोमा 8 Vs 8 फुटबल प्रतियोगिता हुने

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजनामा आगामी २२ जुनमा कोलोराडोमा 4th TPLA CUP '8 Vs 8' फुटबल प्रतियोगिता हुने भएको छ । संस्था स्थापनाको ११औं बर्ष पूरा गरी १२औं बर्षमा प्रवेश गरेको पवन अवसरमा ‘सहभागिता र एकताको लागि खेलकुद’ भन्ने मूल नारासहित उक्त फुटबल प्रतियोगिता गर्न लागिएको हो । उक्त प्रतियोगिताको सहआयोजकमा एनआरएनए कोलोराडो च्याप्टर रहेको छ । प्रतियोगिता आयोजक मूल समितिमा संस्थाका प्रेसिडेन्ट चक्रबहादुर गुरुङ, एनआरएनए कोलोराडो च्याप्टर अध्यक्ष प्रकाश पौडेल, बिनोद गुरुङ, चन्द्र गुरुङ, कैलाश गुरुङ, सपना गुरुङ, राम गुरुङ, र जोउ ब गुरुङ रहनु भएको छ । तमु प्ये ल्हु अमेरिका कोलोरडो राज्य को बोल्डर मा २०१४ जुन २८ मा स्थापना भएको एक गैर लाभकारी संस्था हो । ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए सं...
इन्डियन प्रिमियर लिग मे १७ बाट पुनः शुरु हुने

इन्डियन प्रिमियर लिग मे १७ बाट पुनः शुरु हुने

नेपाल । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी शनिबार (मे १७) देखि पुनः सुरु हुने भएको छ । विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग शुक्रबार एक हप्ताको लागि रोकिएको थियो । तर गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः सुरु हुने भएको हो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ । ...
बार्सिलोनाद्वारा रियल मड्रिड ४-३ गोलले पराजीत

बार्सिलोनाद्वारा रियल मड्रिड ४-३ गोलले पराजीत

नेपाल । बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा ४–३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी सातमा पुर्‍याएको हो । शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक छ । रियलको भने समान खेलबाट ७५ अंक छ । अब लिगका तीन खेल मात्र बाँकी छन् । तीमध्ये एक खेलमा जित या सबैमा बराबरी नतिजा निकाले पनि बार्सिलोना च्याम्पियन बन्नेछ । यस सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जित निकाल्न सफल भएको हो । जसमध्ये पछिल्लो जित कोपा डेल रे फाइनलमा निस्किएको थियो । ह्यान्सी फ्लिकको पहिलो सिजनमै क्लासिकोमा चारमा चार अपराजित कीर्तिमान राख्न सक्नु आफ्नै ठूलो उपलब्धि हो । खेलको सुरुआतमा फ्रेन्च स्टार किलियन एमबाप्पेले पाँचौं र १४औं मिनेटमा दुई गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए । तर, घरेलु मैदान मुन्टजुइक रंगशालामा बार्सिलोनाले उल्ले...
भारत र पाकिस्तानबीचको तनावले ‘आईपीएल’ क्रिकेट रद्द

भारत र पाकिस्तानबीचको तनावले ‘आईपीएल’ क्रिकेट रद्द

नेपाल । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेट रद्द गरेको छ । शुक्रबारदेखि आईपीएलका बाँकी खेलहरु रोकिएका छन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर आईपीएलमा परेको हो । दुबै राष्ट्रले एक–अर्काविरुद्ध सैन्य कारवाही सुरु गरेका कारण बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय लिएको हो । दुबै देशबिच तनाव सुरु भएपछि आईपीएल खेलाइने स्टेडियमहरुमा बम आक्रमणको धम्की प्राप्त भएका थिए । आईपीएलका खेलहरु पनि प्रभावित बनेका थिए । पछिल्लो घटनाक्रमपछि आईपीएल खेलिरहेका विदेशी खेलाडीहरु पनि निकै त्रसित देखिएका छन् । उनीहरु भारत छाडेर स्वदेश फर्कन चाहन्छन् । यी सबै पक्षलाई ध्यानमा राखेर आईपीएल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आईपीएलको १८औं संस्करणमा हालसम्म ५८ खेल खेलिसकिएको छ । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइए...
स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ सिरिजका लागि नेपाली टोलीको घोषणा

स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ सिरिजका लागि नेपाली टोलीको घोषणा

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक स्टुवार्ट लले शनिबार दोस्रो चरणको ‘कोर क्याम्प’ मा रहेका २५ खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गर्नु भएको हो । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । टोलीमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई वैकल्पिक खेलाडीको रूपमा समेटिएको छ । नेपालले विश्वकप लिग–२ अगाडि बेलायतमा प्रशिक्षण र केही अभ्यास खेल पनि खेल्ने छ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), गुलशन झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल रहने छन् ।...
फ्रान्सको लिग खेलिरहेकी नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले गरिन् ह्याट्रिक

फ्रान्सको लिग खेलिरहेकी नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले गरिन् ह्याट्रिक

अमेरिका । फ्रान्सको लिग खेलिरहेकी नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरेकी छन् । साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित निकालेको हो । बुधबार राति सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेको थियो। खेलमा साम्बाले ५७औं, ८५औं र ९५औं मिनेटमा गोल गरेकी थिइन् । खेलमा सेन्ट एटिनले दुई पटकसम्म अग्रता बनाए पनि दुवै पटक साम्बाले गोल गर्दै गुइगाम्पलाई जिताएकी हुन्। यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंक तालिकामा भने १२औंँ स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।...
युरोपियन च्याम्पियन्स लिगः पीएसजी र इन्टर मिलान फाइनलमा

युरोपियन च्याम्पियन्स लिगः पीएसजी र इन्टर मिलान फाइनलमा

अमेरिका । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । इटालीको सानसिरोमा मङ्गलबार भएको खेलमा इन्टरले बार्सिलोनालाई ४–३ गोलले हरायो । समग्रमा इन्टर ७–६ गोलले विजेता बनेको हो । यसअघि बार्सिलोनाको घरेलु मैदानमा खेलिएको पहिलो लेग ३–३ गोलको बराबरीमा सकिएको थियो । यता, आर्सनललाई पराजित गर्दै फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। गएराति घरेलु मैदानमा भएको खेलमा  इंग्लिस टोली आर्सनललाई २–१ ले हराएर पीएसजीले समग्रमा ३–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।  ...
आईपीएलः मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा

आईपीएलः मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा

नेपाल । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्ध डकवर्थ लेविस डीएल पद्धतिअनुसार तीन विकेटको जित निकाल्दै गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति वर्षाले प्रभावित बनेको खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै १५५ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको गुजरातले १८ मा ६ विकेट गुमाएर १३२ रन बनाउँदा पानी परेपछि खेल केहीबेर प्रभावित बनेको थियो । वर्षाका कारण खेल केहीबेर रोकिएपछि गुजरातले १९ ओभरमा १४७ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो। जसलाई गुजरातले १९ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले ४३ रन बनाए । उनले ४६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । जस बटलरले २७ बलमा तीन चौका र एक छक्कासहित ३० रन थपे। शेरफन रुथरफोर्डले २८ रन जोडे । मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र अश्वानी कुमारले समान दुई विकेट लिए ।...