आरसीबी आइपीएलको पहिलो क्वालिफायरमा
नेपाल । लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्समाथि ६ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इण्डियन प्रिमियर लिग आइपीएलको पहिलो क्वालिफायरमा पुगेको छ।
खनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा २ सय २८ रनको विशाल लक्ष्य आरसीबीले १८ दशलमव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । आरसीबीको जितमा कप्तान जितेश शर्मा र विराट कोहलीले अर्धशतकीय इनिङ खेले। कप्तान शर्माले ३३ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित ८५ रनको योगदान गरे। कोहलीले ३० बलमा १० चौका सहित ५४ रन जोडे।
मंयक अग्रवाल २३ बलमा ५ चौकाको सहयोगमा ४१ रनमा नट आउट रहे। पाँचौ विकेटका लागि कप्तान शर्मा र अग्रवालले १ सय ७ रनको नट आउट विजयी साझेदारी गरे।
ओपनर फिल साल्ट १९ बलमा ३० तथा रजत पाटिदार ७ बलमा १४ रनमा आउट भए । लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट...






