२३ श्रावण २०८३, शनिबार

खेलकुद

एएफसी महिला एसियन कप छनोटमा नेपालको लगातार दोस्रो जित

एएफसी महिला एसियन कप छनोटमा नेपालको लगातार दोस्रो जित

नेपाल । कप्तान सावित्रा भण्डोरी ‘साम्बा’ को ह्याट्रिकसँगै नेपालले एएफसी महिला एसियन कप छनोट–२०२६ मा लगातार दोस्रो जित निकालेको छ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी श्रीलङ्कालाई ८–० गोलले हरायो । समूह ‘एफ’ अन्तर्गत यसअघि आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलले हराएको थियो । नेपालले फिफा वरीयतामा आफुभन्दा ५९ स्थान तल रहेको श्रीलङ्काविरुद्ध एकपक्षीय प्रदर्शन गरेको थियो । नेपालले पहिलो र दोस्रो हाफमा समान चार गोल गरेको थियो । नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्नुभयो । उहाँले पहिलो हाफमै ह्याट्रिक पूरा गर्नुभएको हो । लाओसविरुद्धको पहिलो खेलमा पनि चार गोल गर्नुभएको थियो । यस्तै गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले एक एक गोल गर्नुभयो । श्रीलङ्का पहिलो खेलमा आयोजक उज्वे...
रियल मड्रिड युभेन्टसमाथि १-० को जित निकाल्दै क्लब विश्वकपको क्वाटरफाइनलमा

रियल मड्रिड युभेन्टसमाथि १-० को जित निकाल्दै क्लब विश्वकपको क्वाटरफाइनलमा

अमेरिका । गोन्जालो गार्सियाले ५४ औं मिनेटमा गरेको हेडर गोलबाट रियल मड्रिडले युभेन्टसमाथि १–० को जित निकाल्दै क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जाबी अलोन्सोको म्याड्रिडले प्रभावशाली खेल खेल्यो । चोटबाट ग्रस्ट केलियन एमबाप्पेले पुनरागमन गरे। उनी खेलको ६८औँ मिनेटमा मिनेटमा विकल्पको रूपमा आए । खेलमा युभेन्टसले पहिलो हाफमा अग्रता लिने अवसर पाए पनि रियालका गोलकिपरले रोकेका थिए । ​ युभेन्टसका रान्डल कोलो मुआनीले केनान यिल्दिजकोले गोलको मौका पाए पनि त्यो विफल भएको थियो । समूह चरणको अन्तिम खेलमा म्यानचेस्टर सिटीसँग ५–२ ले पराजित भएको इटालियन टोली रियालसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरियो । ...
एएफसी महिला एसियन कप छनौटः नेपालद्वारा लाओस ९-० ले पराजीत

एएफसी महिला एसियन कप छनौटः नेपालद्वारा लाओस ९-० ले पराजीत

नेपाल । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट–२०२६ मा सानदार सुरुवात गरेको छ । उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार साँझ भएको समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलले हरायो । एकपक्षीय खेलमा पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा सात गोल थपेको थियो । नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले चार गोल गर्नुभयो । यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले एक–एक गोल थप्नुभयो । नेपालले एक गोल लाओसबाट उपहार पाएको थियो । साम्बाको प्रहार लाओसकी रक्षकलाई ठोक्किँदै गोलमा परिणत भएको थियो । छनोटमा नेपाल समूह ‘एफ’ को दोस्रो खेल जुलाई २ तारिख श्रीलङ्का र अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्ने छ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला...
चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश

चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश

अमेरिका । चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेन्फिकालाई अतिरिक्त समयमा ४–१ गोलअन्तरले पराजित गर्दै चेल्सीले अन्तिम आठमा प्रवेश गरेको हो । जितसँगै चेल्सीले क्वाटरफाइनलमा पाल्मेरासको सामना गर्नेछ। इंग्लिस र ब्राजिलियनबीचको खेल आगामी शुक्रबार हुुनेछ । फिफा क्लब विश्वकपको फाइनल जुलाई १३ मा न्यूजर्सीमा हुने भएको छ ।...
अमेरिकाको कोलोराडोमा 8 Vs 8 फुटबल प्रतियोगिता भव्यरुपमा सम्पन्न (फोटो फिचरसहित)

अमेरिकाको कोलोराडोमा 8 Vs 8 फुटबल प्रतियोगिता भव्यरुपमा सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । "सहभागिता र आत्मियताको लागि खेलकुद " को मुल नाराका साथ कोलोराडोमा तमु प्ये ल्हु अमेरिकाको एघारौ बार्षिक उत्सवको अवसरमा यस बर्ष "4TH TPLA CUP -2025 '8 Vs 8 Soccer' प्रतियोगिता चक्र ब क्रोम्छे तमुको सभापतिवामा 6/22/2025 आइतबार सम्पन्न भएको छ । NRNA NCC COLORADO CHAPTER उक्त प्रतियोगिताको सह आयोजक रहेको थियो । 4th TPLA CUP 2025 को उद्घाटन समारोहमा TITLE Sponsors सुमन हुमागाईं, कार्यक्रम सभापति तथा संस्था का अध्यक्ष चक्र ब क्रोम्छे तमु, संस्था उप प्रमुख सल्लाहाकार चिजामय ल्हेगे तमु ज्यु, संस्था बुध्विजिवी मिन ब क्रोम्छे तमु, RMFN का अध्यक्ष आकृति राई, उपाध्यक्ष हरि गुरुङहरुबहुलीबाट कोहिबो धी मा द्विप प्रज्वलन गरि, नेपाली र अमेरिका का राष्ट्रिय गान पश्चात TITLE Sponsors सुमन हुमागाईं, कार्यक्रम सभापति तथा संस्था का अध्यक्ष चक्र ब क्रोम्छे तमु, संस्था उप प्रमुख सल्लाहाकार चिजामय ल्हे...
एसियन कप छनोटमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको विदाइ

एसियन कप छनोटमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको विदाइ

नेपाल । उज्वेकिस्तानमा जुन २९ देखि आयोजना हुने एएफसी एसियन कप छनोटमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको विदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार एक कार्यक्रबिच खेलाडीको विदाइ गरेको हो । खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। हरि प्रसाद लम्साल, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले विदाइ गर्नुभयो । छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का रहेको छ । नेपालले जुन २९ मा लाओससँग पहिलो खेल खेल्ने छ । यस्तै दोस्रो खेल जुलाई २ मा श्रीलङ्कासँग र अन्तिम खेल जुलाई ५ मा आयोजक उज्वेकिस्तानसँग खेल्ने छ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।...
घरेलु टोलि स्कटल्यान्डसँग नेपाल पराजीत

घरेलु टोलि स्कटल्यान्डसँग नेपाल पराजीत

अमेरिका । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपाल घरेलु टोलि स्कटल्यान्डसंग पराजित भएको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा सम्पन्न अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डले नेपाललाई ३४ रनले हराएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५९ रनमा समेटियो । नेपालका लागि रुपेस सिंहले २२ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४३ रन जोड्नुभयो । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोड्नुभयो । कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रनमा आउट हुनुभयो । आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट हुनुभयो । स्कटल्याण्डका लागि क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्यान्डले निरधारित २०...
नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गर्दै नेपाल विजयी

नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गर्दै नेपाल विजयी

अमेरिका । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी भएको छ । स्कटल्याण्डको ग्लासगोमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै तीन खेलमा चार अङ्क जोडेको नेपाल नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । खेलमा एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव चार ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिनुभयो । उहाँले ५१ बलमा छ चौकाको सहयोगमा ६५ रनको अर्धशतकीय पारी खेल्नुभयो । त्यसैगरी, नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गर्दै छ बलमा सात रनका साथ आउट हुनुभयो । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग मिलेर ५४ रनको साझेदारी गर्नुभयो । भीमले १६ बलमा दुई चौका र एक छ...
अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परे ६ नेपाली खेलाडी

अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परे ६ नेपाली खेलाडी

अमेरिका । अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) को ड्राफ्टमा ६ नेपाली खेलाडी परेका छन् । नयाँ सिजनको ड्राफ्टमा नेपालका चर्चित खेलाडी सन्दीप लामिछानेसहित देव खनाल, शेर मल्ल, विपिनप्रसाद शर्मा, आरिफ शेख र अर्जुन साउद पर्नुभएको हो । सन्दीपले यसअघि पनि बिबिएल खेलिसक्नुभएको छ । उहाँले दुई संस्करण मेलबर्न स्टार्स र होबर्ट हुरिक्यान्सबाट खेल्नुभएको थियो । बिबिएलको ड्राफ्टमा १९ देशका चार सय ४० खेलाडी समावेश छन् । खेलाडीको अक्सन जुन १९ तारिख हुने छ ।...
युइएफए नेसन्स लिग: पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५-३ गोलले हरायो

युइएफए नेसन्स लिग: पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५-३ गोलले हरायो

नेपाल । युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । पोर्चुगलले दोस्रो पटक यस उपाधि जितेको हो । यसअघि पोर्चुगलले सन् २०१९ मा उपाधि जितेको थियो । निर्धारित र अतिरिक्त समयमा २–२ गोलको बराबरीमा सकिएको खेलमा पेनाल्टीमा पुगेर पोर्चुगल भाग्यमानी बन्यो । पेनाल्टीमा पोर्चुगलका लागि गोन्सालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डिस र रुबेन नेभेसले गोल गर्नुभयो । यस्तै स्पेनका लागि मिकेल मेरिनो, एलेक्स बाइना र इस्कोले गोल गर्नुभयो । अल्भारो मोराटाको प्रहारलाई पोर्चुगलका गोलरक्षक डियगो कोस्टाले विफल पार्नुभएको थियो । यसअघि २१औँ मिनेटमा मार्टिन जुबिमेन्डीको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । तर स्पेनको त्यो अग्रता लामो समय टिकेन । २६औँ मिनेटमा नुनो मेन्डिसले पोर्चुगललाई बराबरीमा ल्याउनुभयो । ४५औँ ...