महिला यु-२० एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ
नेपाल । भुटानमा भदौ २३ देखि २८ गतेसम्म आयोजना हुने एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
बिदाइपछि नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले नेपालको एउटै लक्ष्य छनोट भएको बताउनुभयो । ‘‘हामीले राम्रो तयारी गरेका छौँ । हाम्रो खेलाडीमा जस्तो सुकै टोलीलाई हराउने क्षमता छ । हालै बङ्गलादेशमा भएको साफ च्याम्पियनसिपमा खेलाडीले त्यो क्षमता देखाइसकेका छन्,’’ गुरुङले भन्नुभयो ।
प्रशिक्षक गुरुङले भुटानमा खेल्ने खेलाडी टोलीको यसअघिनै घोषणा गर्नुभएको छ । नेपाली २३ सदस्यीय अन्तिम टोलीमा बङ्गलादेशमा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी खेलाडीलाई समावेश गरिएको छ ।
टोलीमा एक खेलाडीमात्र परिवर्तन गरिएको छ । यसअघि टोलीमा रहनुभएकी रक्षक झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानलाई मौका दिइएको छ । साफमा नेपाली महिला टोली उपविजेता बनेको थियो ।
एसियन कप छनोट खेलमा ...






