२० श्रावण २०८३, बुधबार

खेलकुद

पाँच जना राखेप वोर्ड सदस्य नियुक्त

पाँच जना राखेप वोर्ड सदस्य नियुक्त

नेपाल । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूवै प्रशिक्षक जगत टमटासहित पाँच जना नियुक्त हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार रिक्त रहेको सदस्य पदमा टमटासहित नेपाल तेक्वान्दो सङ्घका सदस्य कुमार लामा घिसिङ, शान्तकुमार महता, राजेश खड्का र प्रयास कार्कीलाई नियुक्त गर्नुभएको हो । मन्त्री गुप्ताले शुक्रबारनै पाँचै जना सदस्यहरुलाई सपथ गराउनुभयो । सबै सदस्यको कार्यकाल चार वर्ष रहनेछ ।...
महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो खेल थाइल्यान्डसँग

महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो खेल थाइल्यान्डसँग

नेपाल । जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ । आइसिसीले आइतबार सार्वजनिक गरेको समूह विभाजन खेल खेल तालिका अनुसार नेपालको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग परेको हो । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिमेट मैदानमा हुने छ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । १० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी ९पिएनजी०, नामिबिया र अमेरिका रहेको छ । नेपालले दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४मा जिम्बावे र अन्तिम खेल जनवरी २६मा स्कटल्यान्डसँग खेल्ने छ । छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी...
बार्सिलोनाले भिल्लारियललाई २-० गोलले हरायो

बार्सिलोनाले भिल्लारियललाई २-० गोलले हरायो

नेपाल । स्पेनिस ला लिगाको शीर्ष स्थानमा आसिन बार्सिलोनाले भिल्लारियलमाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा २–० गोलले हरायो । बार्सिलानाको जितमा राफिन्हाले १२औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभया । ६३औँ मिनेटमा लामिन यमलले गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो । ३९औँ मिनेटमा १० खेलाडीमा समेटिएको भिल्लारियलको गोल फर्काउने प्रयास सफल भएन । भिल्लारियलका रेनाटो भेइगा रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोनालाई जित निकाल्न सहज भएको थियो । जितसँगै बार्सिलोनाले १८ खेलबाट ४६ अङ्क बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा चार अङ्कले अगाडि छ । पराजित भिल्लारियल ३५ अङ्कसहित चौथो स्थानमा छ । यस्तै अर्को खेलमा एट्लेटिको म्याड्रिडले जिरोनालाई ३–० गोलले हरायो । जितसँगै ३७ अङ्क बनाएको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ ।...
महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि २० जना खेलाडी बन्द प्रशिक्षणमा

महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि २० जना खेलाडी बन्द प्रशिक्षणमा

नेपाल । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । नेपाल क्रिकेट संघ (क्यान) यसअघि प्रशिक्षण क्याम्पमा रहेका २६ खेलाडीबाट २० जना छनोट गरेको हो । यही २० जनाबाट अन्तिम खेलाडीको घोषणा हुनेछ । पहिलो चरणको प्रशिक्षण क्याम्पबाट ६ खेलाडी बाहिरिएका छन् । बाहिरिनेमा किरण कुँवर, अलिसा यादव, सिमाना केसी, अनु कडायत, अस्मिना कर्माचार्य र ममता चौधरी हुनुहुन्छ । प्रशिक्षण क्याम्पमा निरन्तरता पाउने २० खेलाडीहरुमा इन्दु बर्मा, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना छेत्री, सना प्रवीण, ईश्वरी बिस्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिता राना मगर र काजोल श्रेष्ठ रहनुभएको छ । आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट आग...
एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपाल जितबिहिन

एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपाल जितबिहिन

नेपाल । नेपालले एसिसी यु-१९ एसिया कप क्रिकेटमा जितबिहिन बनेको छ । यसअघिनै प्रतियोगिताबाट बाहिरिएको नेपाल समूह चरणको अन्तिम खेलमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । नेपाल यसअघि पहिलो खेलमा श्रीलंकासँग आठ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो । दुबईस्थित द सेभेन्स रङ्शालामा जितका लागि एक सय २५ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । अफगानिस्तानका लागि उजैरुल्लाह नियाजाईले सर्वाधिक ६१ रन बनाउनुभयो । यस्तै ओस्मान सदतले २८, फैसल सिनोजादाले १३, कप्तान महबुब खान र अजिजुल्लाह मियाखिलले अविजित ११–११ रन बनाउनुभयो । बलिङमा नेपालका अविशेक तिवारीले दुई तथा विपिन शर्मा र चन्दन रामले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २४ रन बनायो । ने...
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय हर्शल पाठक नियुक्त

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय हर्शल पाठक नियुक्त

नेपाल । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल जयन्त पाठक नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मङ्गलबार भारतीय पूर्व क्रिकेटर पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको हो । अलउान्डर पाठकले यसअघि थाइल्यान्डको महिला टोली हेरिसक्नुभएको छ । नेपाली महिला टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो । क्यानले प्रशिक्षकका लागि यसअघि दरखास्त आह्वान गरेको थियो । जसमा विभिन्न देशबाट ७० जना प्रशिक्षकले आवेदन दिएका थिए । आवेदकमध्येबाट क्यानले पाठकलाई छनोट गरेको हो । प्रशिक्षक पाठकले अब नेपाली टोलीलाई आइसिसी महिला टी(२० विश्वकपको ग्लोबल छनोट खेलाउनुहुनेछ । ग्लोबल छनोट सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म नेपालको घरेलु मैदान कीर्तिपुरमा हुनेछ । छनोटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण क्याम्प सुरु भइसकेको छ ।...
एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपालको लगातार दोस्रो हार

एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपालको लगातार दोस्रो हार

नेपाल । नेपालले एसिसी यु-१९ एसिया कप क्रिकेटमा लगातार दोस्रो हार खेपेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा सोमबार भएको खेलमा नेपाल बङ्गलादेशसँग सात विकेटले पराजित भयो । नेपाल आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो । टस हारेर नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३० रन मात्र बनाउन सकेको थियो । एक सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २४।५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । बङ्गलादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाउनुभयो । यस्तै कलाम सिद्दिकीले ६६ बलमा ३४ रन जोड्नुभयो । बलिङमा नेपालका अभिशेक तिवारी र युवराज खत्रीले समान एक एक विकेट लिनुभयो । यसअघि निर्धारित ५० ओभर खेलेको नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाउ...
सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग खेल्दै

सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग खेल्दै

नेपाल । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्नुहुने भएको छ । सन्दीपलाई बिपीएलमा राजशाही वारियर्स टोलीले आइतबार अनुबन्ध गरेको जनाएको छ । सन्दीपले यसअघि पनि सन् २०१८र१९ को सिजन सिलेट सिक्सर्सबाट बिपीएलमा खेल्नुभएको थियो । उहाँले त्यतिबेला ६ खेल खेल्दै चार विकेट लिनुभएको थियो । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सन्दीपले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक सय २९ विकेट लिनुभएको छ । उहाँले हालै सम्पन्न नेपाल प्रिमियर लिग ९एनपिएल० मा विराटनगर किङ्सबाट प्रतिस्पर्धा गर्नुभएको थियो । विराटनगरका कप्तान समेत रहनुभएका सन्दीप एनपिएलमा १७ विकेट लिँदै सर्वाधिक विकेट कर्ताको पुरस्कार पाउनुभयो । विराटनगर दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।...
एनपीएलको उपाधिका लागि शनिबार सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपीएलको उपाधिका लागि शनिबार सुदूरपश्चिम र लुम्बिनी भिड्दै

नेपाल । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३ः३० बजे भिडन्त हुँदैछ । साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित पौडेलले सम्हाल्नुभएको छ । सुदूरपश्चिमको जिम्मा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान रहेका दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा छ। रोयल्स लिग चरण खेल र साविक उपविजेता भएकाले लायन्सभन्दा बलियो देखिएको छ । लिग चरणका सातमध्ये चार खेल जितेर पहिलो क्वालिफायर खेल्दै रोयल्स उपाधि नजिक पुगेको हो । रोयल्स गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेट पराजित हुँदै उपव...
लुम्बिनी लायन्स एनपिएलको फाइनलमा प्रवेश, सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्ने

लुम्बिनी लायन्स एनपिएलको फाइनलमा प्रवेश, सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्ने

नेपाल । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनीले पहिलो पटक फाइनलमा स्थान बनाएको हो । उपाधिका लागि लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक उपविजेता सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो । जितका लागि एक सय ३५ रनको समान्य लक्ष्य पछ्याएको विराटनगर १७ ओभर पाँच बलमा सबै विकेट गुमाएर ९४ रनमा समेटिएको हो । पावर प्लेमा तीन विकेट गुमाएको विराटनगरका लागि साम ह्याजलेटले ३४ रन बनाउनुभयो । नरेन भट्टले २१ र मर्सेन्ट डी लन्जले १७ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । विराटनगरलाई निरास बनाउन बलिङमा लुम्बिनीका तिलक भण्डारीले तीन विकेट ल...