विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित
नेपाल । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै जित हासिल गर्यो ।
थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रनको योगदान दिइन् । उनले २९ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ५७ रनको योगदान दिइएकी हुन् ।
नानपत कोन्चारोन्काईले ३२ र अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २२ रनको योगफल बनाएको थियो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाउनु भयो । उहाँले ५६ बलमा छ चौका प्रहार गर्दै ४४ रन बनाउनु भएको हो । त्यस्तै सम्झना खड्काले ११ ...







