काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश
नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले ६ विकेटको क्षतिमा १७ ओभरमा ४ बलमा पूरा गरेको हो । लुम्बिनीका लागि डार्सी सटले सर्वाधिक ३३ रन बनाउनुभयो । सन्दीप जोराले २३ रन जोड्दा कप्तान रोहित पौडेलले १८ र निरोशन डीक्वेलाले १४ रन बनाउनुभयो ।
काठमाण्डुका लागि सन्तोष यादवले दुई विकेट लिँदा करण केसी, साहब आलम, राशिद खान र सन्नी पट्टेलले एकएक विकेट हात पार्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९।१ ओभरका सबै विकटको क्षतिमा एक सय ११ रन बनाएको थियो ।
पावर प्लेमै चार विकेट गुमाएको काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाउनुभयो । यस्तै जोन सम्पसन र मोहमद आदिल आलमल...





