२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

रविलाई पोखरा, रुपन्देही, काठमाडौंपछि चितवनमा पनि पक्राउ पूर्जी जारी

रविलाई पोखरा, रुपन्देही, काठमाडौंपछि चितवनमा पनि पक्राउ पूर्जी जारी

नेपाल । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले गत शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । साहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था तथा कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । रवि कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् । यसअघि रविलाई पक्राउ गर्न कास्कीसहित रुपन्देही र काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भएको छ ।...
सबै दल र सरोकारवालासँग सरसल्लाह नगरी संविधान संशोधन गर्दैनौंः देउवा

सबै दल र सरोकारवालासँग सरसल्लाह नगरी संविधान संशोधन गर्दैनौंः देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल र सरोकारवालासँग सरसल्लाह गरेर मात्रै संविधान संशोधन गरिने बताएका छन् । नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसन (डिएल नेपाल) को ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सत्ताघटक दलसँग सल्लाह भएर नै संविधान संशोधन गर्ने भनिएको जानकारी गराए । सभापति देउवाले आफू र आफ्नो पार्टीले कुनै पनि प्रजातान्त्रिक अधिकारसँग कुनै सम्झौता नगर्ने कुरामा ढुक्क हुन आग्रह गर्दै वतर्मान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि प्रजातन्त्रका लागि लडेको व्यक्ति भएको बताए ।...
एमालेले शुक्रबार दरबारमार्गमा जागरण सभा गर्ने

एमालेले शुक्रबार दरबारमार्गमा जागरण सभा गर्ने

नेपाल । शुक्रबार नेकपा एमालेले अराजकता बिरुद्ध काठमाडौंमा गर्न लागेको जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन भएको छ । भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ । जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईका अनुसार र्‍याली भद्रकालीबाट सुरु भएर सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।...
३१ जनाले फिर्ता लिए उम्मेदवारी, तीन पदमा निर्विरोध

३१ जनाले फिर्ता लिए उम्मेदवारी, तीन पदमा निर्विरोध

नेपाल । मङ्सिर १६ गते आइतवार हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई बुधबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयनपत्र दर्ता भएको थियो। तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भए । यस्तै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्...
सहकारी पीडितहरुको आन्दोलनमा रास्वपाको साथ, गैरदलीय पहिचानसहित सघाउने

सहकारी पीडितहरुको आन्दोलनमा रास्वपाको साथ, गैरदलीय पहिचानसहित सघाउने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले मंसिर ५ गते सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाले अभियानको आन्दोलनमा पार्टीको समर्थन रहेको बताउँदै उपस्थितिको लागि सम्पूर्ण पार्टी पंक्ति एवं शुभचिन्तकहरुलाई आह्वान गरेका छन् । सहकारी समस्याको मूल कारण नै फितलो कानून, भएको कानूनको इमानदार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लागेको रास्वपाको ठहर छ । बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त नेपाली नागरिकहरुलाई आउन विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।...
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा

नेपाल । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् । हिरासतमा राख्न लिएको समय सकिएपछि मंगलबार जिल्ला अदालत काठमाडौँले उनलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । अधिकारमाथि जापान भ्रमणका क्रममा असम्बन्धित व्यक्तिलाईसमेत लगेको आरोप लागेको छ । एमाले प्रदेशसभा सदस्य एवं तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीविरुद्ध यस प्रकरणमा छानबिन जारी रहेको छ ।...
रास्वापाले २६ स्थानमा मात्रै दियो उम्मेदवारी

रास्वापाले २६ स्थानमा मात्रै दियो उम्मेदवारी

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा भने रास्वपाले उम्मेदवारी दिएन । काठमाडौं १६ को वडाध्यक्षमा रोजिना श्रेष्ठलाई उठाइएको छ । मोरङको ग्रामथान पालिका अध्यक्षमा नविनकुमार खवास घन्टीवाहक उम्मेदवार बनेका छन् । ओखलढुंगा, सप्तरी रौतहट, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरा, बझाङ, डोल्पा, दार्चुला, कैलाली जिल्लाहरुमा हुने उपनिर्वाचनमा रास्वपाले उम्मेदवारी दर्ता गराएन । उम्मेदवारी नदिएको स्थानमा अन्य उम्मेदवारलाई समर्थन गर्ने वा तटस्थ बस्ने पार्टीको नीति छ ।...
काँग्रेसले शोकमा पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकायो

काँग्रेसले शोकमा पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकायो

नेपाल । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक व्यक्त गर्दै दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो । कांग्रेसले मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने भएको छ । बैठकले पूर्वसभामुख ढुंगानाको निधनप्रति दुख व्यक्त गरेको छ। नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं। २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख भएका थिए। त्यसैगरी उनी विसं २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं २ र २०७४ मा भ...
राजकीय सम्मानसहित पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि

राजकीय सम्मानसहित पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि

नेपाल । पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित सोमबार अन्त्येष्टि गरिएको छ । पशुपतिनाथको आर्यघाटमा उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको हो । नेपाली सेनाले तयार गरेको गाडीमा राखेर सानो गौचरनबाट स्व ढुङ्गानाको शवयात्रा पशुपति आर्यघाट लगिएको थियो । ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर ढुङ्गानाको पार्थिव शरिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । त्यसक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान व्यक्त गरे। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीति नेता झलनाथ खनाललगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यसपछि ढुंगानालाई श्रद्धाञ्जली दिन दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक आर...
माओवादीको पदाधिकारी बैठक बस्दै, के के छन् एजेण्डा ?

माओवादीको पदाधिकारी बैठक बस्दै, के के छन् एजेण्डा ?

नेपाल । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बस्ने भएको हो । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो । जसअनुसार थप छलफलका लागि पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।...