२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

स्थानीय तहको उपनिर्वाचनको नतिजापछि हौसियो माओवादी, ०८४ मा एक्लै चुनाव लड्ने

स्थानीय तहको उपनिर्वाचनको नतिजापछि हौसियो माओवादी, ०८४ मा एक्लै चुनाव लड्ने

नेपाल । स्थानीय तहको उपनिर्वाचनको नतिजापछि नेकपा माओवादी केन्द्र हौसिएको छ । अब उसले २०८४ को निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । अध्यक्ष प्रचण्ड निवासमा भएको पदाधिकारी बैठकमा उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको ठहर गरेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको बताए । उनले आगामी जितका लागि उपचुनावले थप आधार दिएको बताए । सापकोटाले अब २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति,पूर्ण समानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्नेतर्फ रहने जानकारी दिए ।...
कार्य विभाजन टुंगो लगाउन नेकपा एसको स्थायी कमिटी बैठक आह्वान

कार्य विभाजन टुंगो लगाउन नेकपा एसको स्थायी कमिटी बैठक आह्वान

नेपाल । नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष नेपालले मङ्सिर २६ र २७ गते बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो । ‘बैठकको मुख्य एजेन्डा नेताहरूको कार्य विभाजन रहेको छ। साथै अन्य पार्टीका आन्तरिक कामबारे समेत छलफल हुन्छ’, भट्टराईको भनाइ छ । गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले पाँच महिना बित्दा पनि नेताहरूको कार्य विभाजन गर्न सकेको छैन । कार्यविभाजन अन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकिने पार्टी नेताहरूले बताउँदै आएका छन् ।...
चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्कंदै

चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्कंदै

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदैछन् । उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ पुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् ।...
रविलाई चितवनबाट फेरि पोखरा लगियो !

रविलाई चितवनबाट फेरि पोखरा लगियो !

नेपाल । साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा दुई दिनको बयान पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुधबार राति पोखरा लगिएको छ । राती ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिए पनि उनलाई खाना खुवाएर बयान प्रमाणित गरेर सरकारी वकिलको कार्यालयबाट बिदा गरी प्रहरीमा पठाउँदा राती ९ बजेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले राती नै वीरगञ्ज लगिने तयारी भए पनि आइतबार हिरासतमा राख्ने म्याद थप गर्नुपर्ने भएकोले लामिछानेलाई पोखरा लगिएको हो । रवि कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । कास्की, रुपन्देही, काठमाडौं र चितवनपछि पर्सा पनि उनी बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।...
कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० जना सदस्य मनोनयन

कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० जना सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा दश सदस्य मनोनयन गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहनुभएको उक्त विभागमा विभिन्न व्यक्तिलाई मनोनयन गर्नुभएको हो । मनोनयन गरिएकाहरुः -गणेश चन्द (सल्यान) -मधुसुदन पाण्डेय (काठमाडौँ) -हेमलाल पुन (गुल्मी) -धर्मराज न्यौपाने (अछाम) -सिर्जना सिंह श्रेष्ठ (काठमाडौँ) -रेखा प्रसाई (सुनसरी) -जुमराती नदाफ (धनुषा) -लक्ष्मी परियार (तनहुँ) -रेणु चौधरी (कैलाली) -अनिता अर्याल (चितवन)...
माओवादीको एजेण्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेः प्रचण्ड

माओवादीको एजेण्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेः प्रचण्ड

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको उपनिर्वाचनको नतिजाले पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको बताएका छन् । उपनिर्वाचनको नतिजाले उत्साहित माओवादीका अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’...
हामी सरकारमा जान हतार गर्दैनौंः नारायणकाजी

हामी सरकारमा जान हतार गर्दैनौंः नारायणकाजी

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू सरकारमा जान हतार नगर्ने बताएका छन्। सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं ३ मुसहर्नियामा आयोजित तीनदिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उद्घाटन सत्रमा श्रेष्ठले भने, ‘वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैनौँ । मुख्य कुरा परिवर्तन ल्याउन सक्ने गरी मात्र सरकारमा जान्छौँ ।’ पार्टीले यति वेला सरकारभन्दा पनि पार्टी र संगठन निर्माणलाई जोड दिएको उनको भनाइ थियो । नेता श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर माओवादी पार्टीअघि बढेको बताए ।...
कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद भण्डारी नियुक्त

कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद भण्डारी नियुक्त

नेपाल । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् । भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । यसअघि आन्तरिक मामिला मन्त्री रहेका लीलावल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा तानिएपछि राजीनामा गराइएको थियो । ...
रविलाई बयानका लागि काठमाडौंबाट चितवन लगिंदै

रविलाई बयानका लागि काठमाडौंबाट चितवन लगिंदै

नेपाल । सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार चितवन लगिंदैछ । साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पुरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याउन लागिएको हो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो । जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो । उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृति समेत दिइसकेको छ । साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरुलाई आइतबार चितवन ल्याएर सोमबार बयान सकिएको थियो । रविलाई कास्की, रुपन्दे...
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डङ्गोल विजयी, माओवादी दोस्रो

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डङ्गोल विजयी, माओवादी दोस्रो

नेपाल । काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको मतगणनामा डङ्गोलले पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी भएका हुन् । विसं २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । डङ्गोलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा सुरेन्द्र मानन्धरले चार हजार तीन सय ३७ मत प्राप्त गरे । साथै स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले दुई हजार ३६ र कविकुमार महर्जनले एक हजार तीन सय १४, दिनेशकुमार अधिकारीले एक हजार ४८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले नौ सय ९५ मत प्राप्त गरे ।...