२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा एमाले परित्याग गरेको घोषणा

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा एमाले परित्याग गरेको घोषणा

नेपाल । पूर्वप्रहरी महानिरीक्षक तथा नेकपा एमालेका नेता सर्वेन्द्र खनालले पार्टी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । अवकाश भएपछि उनीऔपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए र निर्वाचन पनि लडेका थिए ।...
रास्वपाको केन्द्रीय समिति बैठक जारी

रास्वपाको केन्द्रीय समिति बैठक जारी

नेपाल । शनिबारदेखि शुरु भउको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार पनि जारी छ । बैठकमा सभापति रवि लामिछाने माथि भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख एजेन्डा बनाइएको छ। कार्यवहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रित भएर छलफल भइरहेको छ ।...
काँग्रेसका सदस्यले चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गर्नु पर्ने

काँग्रेसका सदस्यले चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गर्नु पर्ने

नेपाल । नेपाली कांग्रेसले चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा बसेको सदस्यता समितिको बैठकले कार्यतालिका बनाएर सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको हो । समिति सदस्य प्रकाश रसाइली स्नहीका अनुसार बैठकले सबै क्षेत्रको सदस्यता वितरणलाई प्रभावकारी बनाउको लागि वैज्ञानिक पद्धति अबलम्बन गर्ने निर्णय पनि गरेको छ ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल नै होः नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल नै होः नेपाल

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताउनु भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त गर्न नसकेको बताउनु भएको हो । कुनै पनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुने गरी लगानी गर्न जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउनसमेत माग गर्नुभयो । अध्यक्ष नेपालले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको होरु भन्दै प्रश्न गर्नुभएको छ उहाँले हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्नेसमेत उल्लेख गर्नुभयो । उहाँले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्र...
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा छलफल

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा छलफल

नेपाल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीले बिहीवार साँझ पूर्वराष्ट्रपति भण्डारीको निवास पुगेर भेटबार्ता गर्नुभएको हो । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न साँझ उहाँको निवास बुढानीलकण्ठ पुग्नुभएको थियो । करिब दुई घण्टा लामो भेटमा नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।...
माओवादी स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी

माओवादी स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी

नेपाल । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । बैठकमा सहभागी हुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि पेरिसडाँडा पुगेका थिए । बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठक शनिबारसम्म चल्नेछ । पुनलाई उपाध्यक्ष बनाएर माओवादीमा सक्रिय गराउने पार्टी अध्यक्ष प्रचण्डको तयारी छ । ...
एमाले केन्द्रीय समितिको बैठक पुस २१ र २२ गते बस्दै, अजेण्डा के के छन् ?

एमाले केन्द्रीय समितिको बैठक पुस २१ र २२ गते बस्दै, अजेण्डा के के छन् ?

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनका मुख्य बुँदामा छलफल गरी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमाले केन्द्रीय कमिटी बैठक यही पुस २१ र २२ गते बस्दैछ । प्रतिवेदनमा पछिल्लो राजनीतिक घटनाक्रमको विवेचना गरिएको उनले बताए । उपमहासचिव ज्ञवालीका अनुसार प्रतिवेदनमा सेवा, विकास निर्माण र अर्थतन्त्रलाई अझ लयमा ल्याउनका लागि सरकारले अझ ध्यान केन्द्रित गर्नुपर्ने कुरा उल्लेख छ । सरकारले दुई राजनीतिक दलबीच विश्वासको वातावरण बनाउँदै राजनीतिक स्थिरिताको सन्देश दिन सकेको ज्ञवालीले बताए ।...
भीम रावलद्वारा बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

भीम रावलद्वारा बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

नेपाल । नेकपा एमालेले पार्टीबाट निष्काशन गरेपछि पूर्वउपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो घोषणा गरेका हुन् । रावलले नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नु परेको निष्कर्ष सार्वजनिक गरेका छन् । रावलले एमालेको विकल्पमा पार्टी निर्माणको राष्ट्रिय अभियान चलाउने पनि घोषणा गरे ।...
केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुन्छः बामदेव

केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुन्छः बामदेव

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल र राष्ट्रिय एकता अभियानका संयोजक तथा नेता बामदेव गौतमसहितका नेताहरूबस्च छलफल भएको छ। बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरूबीच बैठक सम्पन्न भएको हो । बैठकपछि नेता वामदेव गौतमले केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुने बताउनु भएको छ । एकीकृत समाजवादीका नेताहरु गौतमलाई तेस्रो वरियता दिन सहमत छन् । तर गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरुको विषयमा भने सहमति जुटिसकेको छैन ।...
समाज केन्द्रित हुन सके काँग्रेसमा युवापुस्ताको आकर्षण बढ्छः गगन थापा

समाज केन्द्रित हुन सके काँग्रेसमा युवापुस्ताको आकर्षण बढ्छः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् । प्राडा यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको चितवनमा विमोचनपछि सम्बोधन गर्दै उनले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताएका हुन् । कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा युवापुस्ताको आकर्षण बढ्ने उनले बताए ।...