२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

रास्वपा सभापति रवि लामिछाने फेरि काठमाडौं प्रहरीको हिरासतमा

रास्वपा सभापति रवि लामिछाने फेरि काठमाडौं प्रहरीको हिरासतमा

नेपाल । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका रास्वपा सभापति रवि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ । बयान सकिएपछि पनि थुनछेक बहस सुरू नभएपछि न्यायाधीश र लामिछानेपक्षका कानून व्यवसायीबीच थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको थियो । बयान सकिएलगत्तै थुनछेक बहस गराउने लामिछाने पक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहे । सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगको मुद्दामा कास्की अदालतको आदेश बमोजिम रवि ६५ लाख बराबरको धरौटी बुझाएर गत विहीबार रिहा भएका थिए ।...
एक महिने श्रीस्वस्थानी व्रत शुरु

एक महिने श्रीस्वस्थानी व्रत शुरु

नेपाल । सोमबार पौष शुक्ल पूर्णिमा । नेपाली सनातन धर्मावलम्बीहरु एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन् । पञ्चाङ्गमा ५२ घडी ३४ पला अर्थात् मंगलबार बिहान ४ बजेसम्म पूर्णिमा तिथि रहेको उल्लेख छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन् । व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ। यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यो अवधिमा पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालुको गन्तव्य बन्छ। यस्तै गोकर्ण र साँखुस्थित शालीनदीलगायत स्थानमा पनि व्रतालुको घुइँचो लाग्...
रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

नेपाल । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदैछन् । पोखराबाट बिहीबार ६५ लाख धरौटीमा रिहा भएसँगै उनी आइतबार अदालतमा उपस्थित हुन लागेका हुन् । कास्की अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए । उनी बिरुद्ध काठमाडौं, रुपन्देही, चितवन र पर्सामा सहकारी ठगी सम्बन्धी मुद्दा छ ।...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न माधव नेपालको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न माधव नेपालको सुझाव

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न सुझाव दिनु भएको छ। शनिबार ललितपुर जिल्ला कमिटीले आयोजना गरेको एक कार्यक्रमा हिटलरले जस्तो फासिस्ट बनेर नेपालमा पार लगाउन नसक्ने बताउँदै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक विधिबाट चल्न सुझाव दिनु भएको हो । ‘फासिस्ट बनेर पार लगाउन सक्नुहुन्न। लोकतान्त्रिक बन्नुस्। लोकतान्त्रिक विधि अवलम्बन गर्नुस्। अरूको मान सम्मान गर्न जान्नुस् र सहकार्य गर्नुस्’, उहाँले भन्नुभयो । ओलीको अहंकारको कारण नेकपाकालमा संविधान संशोधन हुन नसकेको पनि अध्यक्ष नेपालले बताउनुभयो । त्यतिबेला प्रधानमन्त्री भइसकेका व्यक्तिहरू, थुप्रै संख्यामा उपप्रधानमन्त्री र मन्त्री भइसकेका व्यक्तिहरू पार्टीभित्रै रहेकाले छलफल र विश्लेषण गरेर संविधान संसोधन गर्न सकिने अवस्था रहेको नेपालले बताउनु भयो । आफूलाई ब...
नेपाली कांग्रेसका ३७ विभागमा सचिव मनोनित

नेपाली कांग्रेसका ३७ विभागमा सचिव मनोनित

नेपाल । नेपाली कांग्रेसले ३७ विभागका सचिव तोकेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार विभिन्न विभागका सचिव मनोनित गरेका हुन् । कांग्रेसले गठन गरेका ५६ विभाग मध्येमा ३७ विभागका सचिव तोकिएका हुन् ।
प्रचण्ड र माधव नेपालबीच अर्थपूर्ण भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच अर्थपूर्ण भेटवार्ता

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वेदुराम भुसालले बताए । भेटका अवसरमा वरिष्ठ नेता भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन सहभागी थिए।...
थुनामुक्त भएपछि रविको प्रतिक्रिया–‘न्यायालयलाई सम्मान गर्छु’

थुनामुक्त भएपछि रविको प्रतिक्रिया–‘न्यायालयलाई सम्मान गर्छु’

नेपाल । कास्की जिल्ला अदालतको आदेशमा बिहीबार थुनामुक्त भएपछि रास्वपा सभापति रवि लामिछानेले न्यायालयलाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । रिहापछि छोटो प्रतिक्रिया दिँदै उनले न्यायालयलाई सम्मान गर्ने बताएका हुन् । सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलनको मुद्दामा जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेशपछि उनी ८४ दिनपछि रिहा भएका हुन् ।...
नेवारी संस्कृति नेपालीलाई एकताको सुत्रमा बाँध्न सहयोगीः माधव नेपाल

नेवारी संस्कृति नेपालीलाई एकताको सुत्रमा बाँध्न सहयोगीः माधव नेपाल

नेपाल । नेकपा (एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेवारी समुदायको संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँध्न सहयोग गरेको बताउनु भएको छ । बुधबार काभ्रेको बनेपामा आयोजित १५ नेवा एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु्भएको हो । उहाँले नेपाल थरि, थरिका जातजाति, भाषाभाषी मिलेर बनेको मुलुक भएकोले विविधतामा एकता हुनु जरुरी रहेको बताउनु भयो । उहाँकाअनुसार यहाँ सबै जातजाति मिलेर बस्नु र छुट्टाछुट्टै संस्कृत भएकोले नेपाली हुनुको गौरब छ । लोकतन्त्र पछि देशमा विभिन्न जातजाति भाषाभाषी सबैको पहिचानलाई राज्यले समानता प्रदान गरेको छ। नेपाल विश्वमा नै विविधतामा एकता भएको देश हो– नेपालले भन्नूभयो । राज्य पुनसंरचना पछि नेपालमा सबै जात, धर्म, परम्परा र संस्कृतिले सम्मानित हुन पाउनुपर्ने उहाँको तर्क छ। आफू तराईमा जन्मेकोले तराई मुलको सबै भाषा जानेक...
कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख बुझाएर रवि रिहा, अब काठमाडौंमा हाजिर हुँदै

कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख बुझाएर रवि रिहा, अब काठमाडौंमा हाजिर हुँदै

नेपाल । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा ६५ लाख धरौटी बुझाएर विहीबार साँझ रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । ​ लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा उपस्थित हुन लागेका हुन् । बिहीबार कास्की जिल्ला अदालतबाट छुटेपछि प्रहरीले अस्पतालमा स्वास्थ्य परीक्षण गराएर उनलाई परिवारको जिम्मा लगाएको थियो। उनीसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतले जनाएको छ । धरौटी रकम बुझाउन नसकेपछि प्रतिवादी लीला पछाईँ भने हिरासतमै छिन् ।...
काँग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच अर्थपूर्ण भेट

काँग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच अर्थपूर्ण भेट

नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेट गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबारभएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यो भेटलाई अर्थपूर्ण रुपले लिइएको छ ।...