१८ बैशाख २०८३, शुक्रबार

भाषा/साहित्य

बालकविता: आऊ खेलौँ होली

बालकविता: आऊ खेलौँ होली

-रमेशचन्द्र घिमिरे- राता नीला पहेँला रङ्ग छानी छानी बाल्टिनमा थोरै मिसाएर पानी आज भिजे भिजिन्छ नुहाइन्छ भोलि रङ्ग घोली घोली आऊ खेलौँ होली । फागु दलौँ आपसमा हामी बाबु नानी हुन्न बस्न टोलाई नरमाइलो मानी आजै गरौँ रमाइलो के हुने ह‍ो भोलि दिल खोली खोली आऊ खेलौँ होली । मिलिजुली खेल्ने गर्नुपर्छ बानी बल्ल हुन्छ रमाइलो भन्छे बैनी सानी आज छुट्टी मानेर स्कुल जाउँला भोलि मीठो बोली बोली, आऊ खेलौँ होली । रातै भई रङ्गिएर साथीको घर जानी साथीभाइ मिलेर मीठो मीठो खानी आज जति खेले नि पढ्नु पर्छ भोलि भई टोली टोली आऊ खेलौँ होली । -भोर्लेटार, लमजुङ ।...
अनेसासको उत्तरी क्यालिफोर्निया र ह्यूस्टन शाखामा नयाँ कार्यसमिति चयन

अनेसासको उत्तरी क्यालिफोर्निया र ह्यूस्टन शाखामा नयाँ कार्यसमिति चयन

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अमेरिकास्थित उत्तरी क्यालिफोर्निया शाखा र ह्यूस्टन शाखामा नयाँ कार्यसमिति चयन भएको छ । यसैक्रममा उत्तरी क्यालिफोर्निया शाखाको अध्यक्षमा बाबु आचार्य, वरिष्ठ उपाध्यक्षमा रीतादेवी प्रधान, उपाध्यक्षमा दीपक पाठक, महासचिवमा नारायण भट्टराई, सचिवमा भरत डाँगी र कोषाध्यक्षमा किरण कट्टेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निता आचार्य, इन्दु तामाङ, लक्ष्मण पन्थी, अमर तामाङ, बासुदेव घिमिरे र दीपक भण्डारी चयन भएका छन् । यता ह्यूस्टन शाखाको अध्यक्षमा सतिश त्रिपाठी, वरिष्ठ उपाध्यक्षमा मुना पौडेल, उपाध्यक्षमा साधना शर्मा, महासचिवमा मोदनाथ गिरी, सचिवमा नीलहरि आचार्य र कोषाध्यक्षमा अमृत लामिछाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रभा पाण्डे, लक्ष्मी गौडेल, अम्बी पहरी बराल, उषा पन्थी, सोमुना सुवेदी र अमृत कँडेल चयन भएको अनेसासका केन्द्रीय महासचिव ...
‘बसाइँ’ उपन्यासका लेखक अग्रज साहित्यकार क्षेत्रीको निधन

‘बसाइँ’ उपन्यासका लेखक अग्रज साहित्यकार क्षेत्रीको निधन

नेपाल । अग्रज साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । विसं १९८९ मा भारत असमको गुवाहटी क्षेत्र जन्मनुभएका क्षेत्रीले विगत लामो समय देखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिँदै आएका थिए । क्षेत्रीको विहीबार राति १०ः१० मा निधन भएको हो । क्षेत्री नेपाली भाषा र साहित्यका एक विशिष्ट हस्ती थिए । उनले २०१४ सालमा ‘बसाइँ’ जस्ता यथार्थवादी उपन्यासमार्फत नेपाली समाजको दुःख, विस्थापन र संघर्षलाई कलात्मक रूपमा प्रस्तुत गरेका थिए । अतृप्त, ब्रह्मपुत्रका छेउछाउ, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्ति, लीलबहादुर क्षत्रीका कथाहरू आदि प्रकाशित छन् । उपन्यास बाहेक कथा, निबन्ध, नाटक आदि लेख्ने गर्थे । क्षेत्रीको निधनले नेपाली साहित्य जगतमा अपूरणीय क्षति भएको छ ।...
नेपाल प्रज्ञा-प्रतिष्ठानको ४२औँ प्राज्ञसभा सम्पन्न

नेपाल प्रज्ञा-प्रतिष्ठानको ४२औँ प्राज्ञसभा सम्पन्न

नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठानको ४२औँ प्राज्ञसभा सम्पन्न भएको छ । सो अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले आफू प्राज्ञिक सहकार्य गर्न तयार रहेको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले प्राज्ञकर्मीहरू पनि माहुरी जस्तै हुन् र प्राज्ञसभाको निर्देशनबमोजिम अघि बढ्ने बताउनुभयो । नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले प्राज्ञिक उन्नयनका लागि सबै लागिपर्नुपर्ने बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले प्राज्ञिक समृद्धिका लागि लागिपर्ने बताउनुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य निनु चापागाईंले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसअघि प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्राज्ञसभाको उद्घाटन गर्नुभएको थियो । उहाँहरूले प्राज्ञ...
पूर्वकुलपति उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ लोकार्पण

पूर्वकुलपति उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ लोकार्पण

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को सोमबार आयोजित कार्यक्रमबिच लोकार्पण गर्नुभएको छ । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरूपमा निष्ठापूर्णरूपमा लागेका व्यक्ति भएकाले उहाँका कृतिले नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । साहित्यकार उप्रेती आफ्ना पुर्ख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन हुनुपर्छ र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाउनुभयो । उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, पूर्व सदस्यसचिव प्रा। जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा पर...
दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक

दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक

नेपाल । कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कविद्वय डा. नवराज लम्साल र मोमिलालाई आफ्नो कविता सङ्ग्रह उपहार प्रदान गरेसँगै कृति सार्वजनिक गरिएको हो । नेपालयले प्रकाशनमा ल्याएको उक्त कविता सङ्ग्रहमा कवि अधिकारीले २०६४ सालदेखि २०८० सालसम्म लेख्नुभएका पूर्वप्रकाशित र अप्रकाशितसमेत गरी ७७ वटा कविता समेटिएका छन् । यो उहाँको १७ औँ कृति हो । कवि लम्सालले अधिकारी वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने अतिरिक्त सामर्थ्य भएको काव्यिक क्षमताका कविका रूपमा स्थापित हुनुभएको बताउनुभयो । कवि तथा निबन्धकार मोमिलाले अधिकारी कवितामा कलात्मक पाराले मसिनो ढङ्गबाट अभिव्यक्त गर्ने सीमान्त शिल्पी र शब्दका जादुगरका रूपमा रहनुभएको धारणा राख्नुभयो । अन्तरराष्ट्रिय नारी दिवसका सन्दर्भ पारेर कृति सार्वजनिक गरिएको हो । कवि अधिकारीले सङ्घर्ष र सौ...
कविताः ह्याङ्गर

कविताः ह्याङ्गर

–लक्ष्मण आचार्य– मनमा डल्लै छन् चल्ती, बचत र मुद्दती खाताजस्ता यादहरू टाँगिएका छन् मनहरू तहतह गरेर खप्ट्याइएको छ भूत, वर्तमान र भविष्य कतै कुनामा टाँगिएको छ पुरानो स्लिपिङ व्यागक‍ो गुजुल्टो ब्रिट्रिस आर्मीमा छँदाको भुपु कमव्याक ड्रेस ओभरकोट, ह्याट र धुर्मैलो पायट परमानेन्ट भिसामा एकाएक विदेशिए सन्तान दरसन्तानसहित बाहरू, काकाहरू पेन्सन पट्टाको रवाफमा जिउँछन् केवल जिउँछन् मात्र काकीहरू फुपूहरू एउटा डल्लै जिन्दगी गुलामीमा बितिदिएछ एउटा डल्लै भोगाई अरूकै निम्ति बाँचिएछ लहडलहडमै आउन त यता बेलायत आइयो ता नि न भाषा न भेष न शान्ति न सुख न यताको हुन सकियो न उताको नै भइयो अँ त अस्ति फूपूफुपाजु भन्दै हुनुहुन्थ्यो साँच्चै !अचेल धरान धरानजस्तो छैन धरानको परान परानजस्तो छैन बाँकी छन् , मात्र बाँकी छन् तहतह गरेर सजिएका चल्ती, बचत र मुद्दती खाताजस्ता य...
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा साहित्यकार वैद्यको ऋतु विमोचन

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा साहित्यकार वैद्यको ऋतु विमोचन

नेपाल । साहित्यकार लक्ष्मीलोचना वैद्यको दोस्रो कृति ‘ऋतु’ एक कार्यक्रममा शनिबार राजधानीको भक्तपुरमा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुईटेलको उपस्थितिमा सामाजिक कथामा आधारित उपन्यास ‘ऋतु’ विमोचन कार्यक्रम सम्पन्न गरिएको हो । सिर्जना अभियान समाज भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठ, वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, सद्भाव थिएटरका संस्थापक निर्देशक तथा नाट्यकर्मी महासंघका उपाध्यक्ष राम के ए सी, बुक्स हिमालय पब्लिकेशनका म्यानेजिङ डाइरेक्टर रोमन शाक्य र म्यार्केटिङ म्यानेजर यज्ञश्वर जोशीसहित प्रा.डा. लुईटेलले संयुक्त रुपमा बैद्यको नयाँ कृति ‘ऋतु’ विमोचन गरिएको हो । भक्तपुर दरवार क्षेत्रमा रहेको ख्वःप छेँ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा वरिष्ठ लघुकथाकार मधिकर्मीले स्वागत मन्तव्य दिएका थिए भने राम के ए सीले पुस्तकमाथि चर्चा गरेका थिए । बु...
गीतः उडाओस् हुरीले, रुझाओस् झरीले…

गीतः उडाओस् हुरीले, रुझाओस् झरीले…

–लालगोपाल सुवेदी– उडाओस् हुरीले, रुझाओस् झरीले पिन्जरामा सुरक्षा चाहन्न चरीले एकान्तै छ स्वर्ग विना पीर बाँचूँ म हाँस्न चाहन्न लुकाएर आँसु म खान्न सुनको थालभित्र चारो स्वाधीनता नै मलाई सबैभन्दा प्यारो यही भोक मीठो जुठो खीरभन्दा यही भीर जाती सयौँ पीर भन्दा । –अमेरिका ।
गजलः रिस नपाल गाई पाल फाइदै फाइदा हुन्छ

गजलः रिस नपाल गाई पाल फाइदै फाइदा हुन्छ

–मिथिला अधिकारी– रिस नपाल गाई पाल फाइदै फाइदा हुन्छ खेतमा गोबर मल हाल फाइदै फाइदा हुन्छ । बाँझै राखी खेतबारी परदेश तिर लाग्नु भन्दा फलफूल रोप गर कमाल फाइदै फाइदा हुन्छ । घरेलुमा दर्ता गरी साना साना उद्योग चलाउ गुन्द्रुक बनाउ अचार गाल फाइदै फाईदा हुन्छ । आज भोलि भन्दा भन्दै नेटो काट्छ समयले ख्याल राखी पाईला चाल फाइदै फाइदा हुन्छ । आफ्नै गाउँ आफ्नै ठाउँ आफ्नै देशको लागि जागृतिको दियो बाल फाइदै फाइदा हुन्छ । –हेटौंडा, मकवानपुर ।...