न्यूयोर्क निवासी साहित्यकार शम्भु राईको कविता संग्रह ‘आदर्श पहाड’ काठमाडौंमा सार्वजनिक
नेपाल । युवा साहित्यकार शम्भु राईको कविता संग्रह ‘आदर्श पहाड’ को शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । अमेरिकाको न्यूयोर्कमा बसिरहनु भएका कवि राईको यो पहिलो कृति हो ।
नेपाल प्रज्ञा प्रतिष्ठाका कुलपति भुपाल राई, प्राज्ञ श्रवण मुकारूङ तथा कविका आफन्तहरूले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा बोल्दै कुलपति राईले संग्रहमा समेटिएका कविताहरुमा पहाडका जनजिवन र सौन्दर्य चेत भेटिने बताउनुभयो । परदेशबाट देश सम्झनु भनेको सत्ता चेत ब्युँझाउनुसमेत भएको धारणा व्यक्त गर्दै उहाँले कविमा त्यो चेतना देखिने बताउनुभयो ।
प्राज्ञ श्रवण मुकारुङले करिब ४० दशकको आफ्नो कविता यात्रा र नेपाली कविहरुको प्रवृत्तिबारे ब्याख्या गर्दै पुस्तकमा समेटिएको कविताहरु विचार र सिल्पले खारिएको टिप्पणी गर्नुभयो । विश्वभर मुक्त छन्दमा लेखिएका कविता लाखौँ रहेको उल्लेख गर्दै उहाँले संग्रहमा समेटिएका कविताहरुले पनि ...









