जरा फाउन्डेसन नेपालद्वारा तीन पुरस्कार स्थापनाको घोषणा
नेपाल । नेपाल प्रज्ञा प्रतिष्ठानले जरा फाउन्डेसन नेपालको सहकार्यमा जेन दर्शन र नेपाली साहित्य विषयमा विचार गोष्ठी गरेको छ ।
मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित विचार गोष्ठीमा साहित्यकार तथा समालोचक महेश पौड्यालले ‘जेन दर्शन र नेपाली कविताः आदिम सम्बन्ध र पुनरजागरणको प्रश्न’ विषयक कार्यपत्र प्रस्तुत गरे ।
कार्यपत्रमा जेनः परिभाषा र सिद्धान्त, जेनका आधारभूत मान्यता र चिन्तनका मानविन्दुहरू, कलासाहित्यमा जेन, नेपाली जेन कवितालगायत विषयवस्तु प्रस्तुत गरे ।
पौड्यालले जरा फाउन्डेसनले गर्दै आएका कामहरूका विषयमा पनि जानकारी दिए । पौड्यालद्वारा प्रस्तुत कार्यपत्रमाथि प्राडा जीवलाल सापकोटा र कुमारी लामाले पूरक टिप्पणी गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति भूपाल राईले ‘जेन दर्शनले आफूलाई बुझ भन्छ’ भन्दै यो दर्शन नेपाली माटोको दर्शन भएको ठोकुवा गरेर भन्नु पर्नेमा जोड दिए ।
प्रतिष्ठानल...









