१ आश्विन २०८३, बिहीबार

अन्तराष्ट्रिय/प्रवास

सिरियाका पूर्वराष्ट्रपति असदलाई मृत्युदण्डको फैसला

सिरियाका पूर्वराष्ट्रपति असदलाई मृत्युदण्डको फैसला

अमेरिका । अदालतले पूर्वराष्ट्रपति बशर अल-असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। दालतले मङ्गलवार असदको अनुपस्थितिमा सुनुवाइ गर्दै करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गरेको हो। डिसेम्बर २०२४ मा उनी सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकारअन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो। अन्तरिम नेतृत्वले ती अपराधमा न्याय र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। इस्लामवादी नेतृत्वको विद्रोही समूहले तीव्र आक्रमण गर्दै दमास्कसतर्फ अघि बढेपछि असद सिरियाबाट भागेर रुस पुगेका थिए। दमास्कसस्थित अदालतका न्यायाधीश फखर अल–दिन अल–आर्यनको इजलासले असदलाई विभिन्न अपराधमा दोषी ठहर गरेको हो। ती अपराधमा पूर्वनियोजित हत्या, एकभन्दा बढी व्यक्तिको जानाजान हत्या, १५ वर्षमुनिका बालबालिकाको हत्या, यातना, यातनाका कारण मृत्यु तथा गैरकानुनी रूपमा पटक–पट...
कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो

कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो

अमेरिका । पश्चिम कोलम्बियाको चिया (कफी) उत्पादनका लागि प्रसिद्ध क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २५४ जनाको मृत्यु भएको छ। भग्नावशेषमा थप मानिसहरू पुरिएको आशङ्कामा उद्धारकर्मीहरूले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। सोमबार बिहान गएको ७.४ म्याग्निच्युडको यो भूकम्पलाई कोलम्बियामा यस शताब्दीकै सबैभन्दा विनाशकारी मानिएको छ। भूकम्पका कारण आवासीय भवन, विद्यालय, स्वास्थ्य संस्था तथा सडकहरूमा ठूलो क्षति पुगेको छ। २५४ जनाको मृत्यु भएको पुष्टि भएको छ। जसमध्ये पेरेरामा १०१ र देशको तेस्रो ठूलो सहर कालीमा ९५ जनाको ज्यान गएको छ। प्रशान्त महासागरीय क्षेत्र नजिकै रहेको आदिवासी बहुल 'चोको' (Chocó) क्षेत्रमा विद्युत र टेलिफोन सेवा पूर्ण रूपमा ठप्प भएकाले उद्धार कार्यमा बाधा पुगेको छ। क्षति पुगेका कारण पेरेरा, जनस्वास्थ्य नियन्त्रण क्षेत्र, मनिजालेस लगायत ६ वटा विम...
अमेरिकीद्वारा १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द

अमेरिकीद्वारा १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द

अमेरिका । अमेरिकी विदेश मन्त्रालयले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ लाख ७५ हजारभन्दा बढी प्रवेशाज्ञा (भिसा) रद्द गरिएको जानकारी दिएको छ। मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि ती भिसाहरू रद्ध गरिएको स्पष्ट पारेको हो। मन्त्रालयकाअनुसार कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाएको (डीयूआई), चोरी र लागुऔषध सम्बन्धी अपराधहरू भिसा रद्ध हुनुका मुख्य कारण रहेका छन्। यसका साथै लापरवाहीपूर्ण ढङ्गले सवारी चलाएको, यौनजन्य हिंसा, बाल दुव्र्यवहार, जालसाजी र आर्थिक हिनामिना जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको भिसा पनि ठूलो संख्यामा रद्ध गरिएको विज्ञप्तिमा उल्लेख छ। विदेश मन्त्रालयले भिसालाई अधिकार नभई एक ‘विशेषाधिकार’ को रूपमा व्याख्या गर्दै भनेको छ, ‘अमेरिकी भिसा प्राप्त गर्नु एउटा विशेषाधिकार हो, अधिकार होइन...
कोलम्बियामा शक्तिशाली भूकम्पः १११ जनाको मृत्यु, ८७ भन्दा बढी घाइते

कोलम्बियामा शक्तिशाली भूकम्पः १११ जनाको मृत्यु, ८७ भन्दा बढी घाइते

नेपाल । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ। ८७ भन्दा बढी घाइते भएका छन्। कोलम्बियाका काली लगायत प्रमुख सहरहरूमा बहुतले भवनहरू भत्किँदा कैयौँ मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। घटनालगत्तै नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डि ला एस्प्रियालाले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्यको नेतृत्व आफैँ सम्हाल्ने बताएका छन्। भूकम्पको केन्द्रविन्दु कोलम्बियाको प्रशान्त महासागरीय तटीय क्षेत्रमा रहेको चोको प्रान्तको पूर्वोत्तर सीमाना, तातामा राष्ट्रिय निकुञ्जनजिकै, जमिनको सतहबाट करिब १०७ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको शक्तिशाली धक्का छिमेकी मुलुक पानामा, इक्वेडर र भेनेजुएलासम्म महसुस गरिएको थियो। भूकम्पका कारण एक हजार ५७५ भन्दा बढी घरमा क्षति पुगेको छ । तीमध्...
एनआरएनएका सबै मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने प्रतिबद्धता

एनआरएनएका सबै मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने प्रतिबद्धता

नेपाल । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का सबै मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने जिकिर गर्नुभएको छ । गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथिसमेत रहनुभएका सांसद पराजुलीले एनआरएनएका मागहरूलाई राज्यका तर्फबाट तत्काल सम्बोधन गर्न नसकिएको विषय स्वीकार गर्दै क्रमशः सबै माग पुरा हुने बताउनुभएको हो । डब्लिनमा सुरु भएको दुईदिने क्षेत्रीय सम्मेलनको उद्घाटन प्रमुख अतिथि माननीय गणेश पराजुली, बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी र परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नुभएको थियो। कार्यक्रममा एनआरएनए अन्त...
सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशीको मृत्यु

सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशीको मृत्यु

नेपाल । साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ । बङ्गलादेशको विदेश मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन साउदी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ । रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो । घटनामा ज्यान गुमाउने सबै बङ्गलादेशी नागरिक रहेको बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार पुष्टि गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै मृतकप्रति गहिरो दुःख तथा परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । कठिन परिस्थितिमा मृतकका परिवारसँग सरकार साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै रियादस्थित बङ्गलादेशी दूतावासका अधिकारी घटनास्थल पुगेका थिए । दूतावासले साउदी अधिकारीसँग समन्वय गरी ...
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुला पत्र पठाउँदै बेलायती गोर्खा तथा गैरआवासीय नेपाली संघ, बेलायत र विश्वभर रहेका नेपाली समुदायको तर्फबाट यस्तो माग गरेका हुन् । पत्रमा निर्मल पुर्जाको असाधारण योगदानलाई नेपाल सरकारले औपचारिक रूपमा सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ । पत्रमा पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पर्वतारोही निर्मल पुर्जा तथा उनीसँगै ज्यान गुमाएका नौ जना पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । साथै, उनका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । एनआरएनए यूकेले निर्मल पुर्जालाई सामान्य पर्वतारोही मात्र नभई मानव साहस, अनुशासन, सेवा, नेत...
एनआरएनए, विदेशमा अध्ययनरत विद्यार्थी, दोस्रो पुस्ता र ज्ञान आदान-प्रदानका विषयमा छलफल

एनआरएनए, विदेशमा अध्ययनरत विद्यार्थी, दोस्रो पुस्ता र ज्ञान आदान-प्रदानका विषयमा छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुष्मित पोखरेलसँग शिष्टाचार भेट गरी शिक्षा, गैरआवासीय नेपाली तथा ज्ञान–सीप आदान–प्रदानसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत तथा रचनात्मक छलफल गरेको छ। भेटका क्रममा विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या, विदेश जानुअघि विद्यार्थीका लागि स्वास्थ्य तथा यात्रा बीमाको व्यवस्था, विदेशमा अध्ययनका क्रममा हुने आकस्मिक घटना तथा समस्यामा नेपाली दूतावासमार्फत प्रभावकारी समन्वय र सहजीकरणको आवश्यकता लगायतका विषयमा विस्तृत छलफल भएको थियो। साथै, विदेश अध्ययन प्रक्रियालाई थप व्यवस्थित, सहज र सुरक्षित बनाउन आवश्यक नीतिगत सुधारका विषयमा पनि विचार आदान–प्रदान गरिएको थियो। छलफलमा गैरआवासीय नेपालीहरूको दोस्रो पुस्तालाई नेपालसँग थप सुदृढ रूपमा जोड्ने, उनीहरूले विदेशमा हासिल गरेको ज्ञान, सीप, ...
पाकिस्तानको ब्रोड पिक हिमालमा मृत्यु भएका निम्स दाईको अन्त्येष्टि बेलायतमा गरिने

पाकिस्तानको ब्रोड पिक हिमालमा मृत्यु भएका निम्स दाईको अन्त्येष्टि बेलायतमा गरिने

नेपाल । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को अन्त्येष्टि बेलायतमा गरिने भएको छ। बेलायतका स्थायी बासिन्दा रहेका पुर्जाको शव अन्त्येष्टिका लागि लन्डन लगिने तयारी गरिएको छ। उनका परिवारका सदस्यहरू पनि बेलायतमै बसोबास गर्दै आएका छन्। हाल पुर्जाको शव ब्रोड पिकको आधार शिविरमा ल्याइएको छ। उद्धार टोलीका अनुसार शव स्कार्डोसम्म पुर्‍याउन अझै करिब दुई दिन लाग्नेछ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी बेलायत पठाइनेछ। गत शुक्रबार ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोमा पुर्जासहित १० जनाको टोली परेको थियो। घटनामा ६ जना नेपालीको मृत्यु भएको छ भने अन्य मृतक नेपालीहरूको शव नेपाल ल्याइने तयारी भइरहेको छ। उक्त हिमपहिरोमा परेका तीन जना अझै बेपत्ता रहेको जनाइएको छ।...
NRNA महिला विभागको विगत, वर्तमान र भविष्यबारे अन्तरक्रिया सम्पन्न

NRNA महिला विभागको विगत, वर्तमान र भविष्यबारे अन्तरक्रिया सम्पन्न

नेपाल । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला विभागद्वारा आयोजित NRNA Webinar Series–3 अन्तर्गत "महिला विभाग : विगत, वर्तमान र भविष्य" विषयमा अन्तरक्रिया तथा ICC र NCC का महिला पदाधिकारीहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। महिला विभाग प्रमुख तथा उपाध्यक्ष राधिका गुरुङ (टीका) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व महिला उपाध्यक्ष तथा पूर्व अध्यक्ष रबिना थापा, पूर्व महिला उपाध्यक्ष सपिला राजभण्डारी, पूर्व महिला संयोजक रञ्जना उदास, पूर्व महिला उपाध्यक्ष तथा सल्लाहकार विष्णुमाया परियार, पूर्व महिला उपाध्यक्ष तथा सल्लाहकार यास्मिन बेगम, वर्तमान उपाध्यक्षद्वय रोजिना प्रधान राई र जुनु गुरुङ लगायत विश्वभरका ICC तथा NCC महिला पदाधिकारीहरू प्रमुख वक्ताका रुपमा रहनुभएको थियो । कार्यक्रममा वक्ताहरूले महिला विभागको स्थापना कालदेखि हालसम्मको यात्रालाई स्मरण गर्दै महि...