संयुक्त राष्ट्रसंघद्वारा इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत
एजेन्सीहरु । संयुक्त राष्ट्रसंघले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको बुधबार स्वागत गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्ट र संयुक्त राज्य अमेरिकाको सहयोगमा कतारको मध्यस्थतामा इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गर्नुभएको छ । गुटेर्रेसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो द्वन्द्व अन्त्य गर्ने सही दिशामा एउटा महत्वपूर्ण कदम हो, तर अझै धेरै गर्न बाँकी छ ।”
इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ ।
“मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “सम्झौतामा इजराइली कारागारहरूमा थुनिएका प्यालेस्टिनी महिला तथा बालब...









