२१ बैशाख २०८१, शुक्रबार

मानवसेवा आश्रमको टोली बेलायतमा, १ लाख पाउन्ड जुटाउने लक्ष्य

कोलोराडोखबर संवाददाता , April 20th, 2024

बेलायत । मानवता प्रवर्द्दनको लागि आयोजना हुन लागेको सांगीतिक कार्यक्रमको तयारीको लागि नेपालबाट व्यवस्थापकीय टोली शुक्रबार बेलायत आइपुगेको छ ।

मानवसेवा आश्रम बेलायत च्याप्टरको निमन्त्रणा एवं आयोजनामा आगामी मे ५ मा बेलायतमा हुन गईरहेको समाजसेवी तथा लोकप्रिय गायिका आनी छोइङ डोल्मा सांगीतिक कन्सर्टको तयारीको लागि व्यबस्थापकीय टोली बेलायत पुगेका हुन् ।

मानवसेवा आश्रम सहयोगार्थ गायिका आनीले क्याम्बर्लीको लेकसाइड कन्ट्री क्लबमा ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रममा सांगीतिक प्रस्तुती दिन लाग्नुभएको हो ।

व्यवस्थापकीय तयारीको लागि नेपालबाट मानवसेवा आश्रमका केन्द्रीय महासचिव शुशिला केसी, केन्द्रीय सचिव एवं प्रवक्ता सुमन वर्तौला र मानवसेवा आश्रम बेलायत च्याप्टर कोषाध्यक्ष आदरणीय चन्द्र अर्याल नेपालबाट बेलायत आउनु भएको हो ।

कार्यक्रममा १५ सय जनाको सहभागिता गराउने र मानव सेवा आश्रमका लागि १ लाख पाउन्ड बढी सहयोग जुटाउने आयोजकको लक्ष्य रहेको छ ।

यस्तै, कन्सर्ट पश्चात मे १८ तारिख सम्म मानवसेवा आश्रमको सेवा र भावी योजनाहरुको बारेमा बेलायतमा रहनुभएका मानवताप्रेमी उदारमनाहरुमा जानकारी गराउन एवं नेपालमा भईरहेको मानवीय सेवा सन्दर्भमा अन्तर्क्रिरया कार्यक्रमहरु आयोजना गर्ने आयोजकको कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्