२३ बैशाख २०८१, आईतवार

कतारका राजा अल थानी मंगलबार नेपाल आउँदै

कोलोराडोखबर संवाददाता , April 23rd, 2024

नेपाल । मंगलबार नेपालमा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आउँदैछन् ।​ कतारी राजा आउने दिन मंगलबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नेछन् । उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ ।

कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नेछन् ।

थानीले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । कतारी राजा दुईदिने भ्रमण सकेर बुधबार अपराह्न काठमाडौंबाट प्रस्थान गर्नेछन् ।

कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको छ । उनको सम्मानमा राजधानीका विभिन्न स्थानमा स्वागतद्वारा बनाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्