२१ बैशाख २०८१, शुक्रबार

यूएईमा आएको बाढीको असरः एक नेपालीको मृत्यू

कोलोराडोखबर संवाददाता , April 19th, 2024

अमेरिका । यूएईमा आएको भिषण बाढी पहिरोले नेपाली पनि पीडित भएका छन् ।

यसैक्रममा युनाईटेड अरब इमिरेट्स ९युएई० मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यू भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यू भएको हो ।

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ । युएईमा दुई दिन देखी परेको बर्षाका कारण बाढी आई रहेको छ ।

बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ । सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले बताएका छन् । पुन भिजिट भिसामा युएई पुगेको दुतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्