इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविराम गर्ने सहमति
अमेरिका । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यो सहमतिसँगै विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको छ।
अमेरिकाको बर्हिगमन जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनको बर्हिगमनको क्रममा रहेको प्रशासनले दबाब बढाएपछि युद्धविरामले अन्तिम रुप लिएको हो। दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाई सहमति भएको बताएको छ ।
कतारको दोहामा भएको वार्तामा दुवै पक्षका अधिकारीहरूबीच एउटै भवनमा अप्रत्यक्ष वार्ता गर्दै निश्कर्षमा पुगेको हुन् । युद्धविराममा सहमति भएको ४८ देखि ७२ घण्टा भित्र लागु हुने बताइएको छ।
सम्झौता भए अनुसार हमासले पहिलो चरणमा ३४ जना इजरायली बन्धक रिहा...








