नेपाल । विश्व प्रसिद्ध अमेरिकी टेक कम्पनी एनभिडियाले भोटेकोशी बाढी पीडितहरुका लागि १ करोड अमेरिकी डलर सहयोग गरेको छ ।
नेपालमा हालै गएको विनाशकारी बाढी र पहिरोपछि उद्धार, राहत तथा पुनर्निर्माणका लागि १ करोड अमेरिकी डलर (अर्थात् रु. १ अर्ब ५१ करोडभन्दा बढी) सहयोग गर्ने व्यक्ति विश्व प्रसिद्ध अमेरिकी टेक कम्पनी एनभिडिया (NVIDIA) का प्रमुख कार्यकारी अधिकृत (CEO) जेन्सन हवाङ हुन् ।
यस अभूतपूर्व र ऐतिहासिक सहयोगका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले एनभिडियाका सीईओ जेन्सन हवाङप्रति हार्दिक आभार व्यक्त गरेका छन् । ठूलो वैदेशिक सहयोग थपिएसँगै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा कुल संकलित रकम रु. १० अर्बभन्दा बढी पुगेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्